सरकारमा सहभागिताको विषयमा छलफल गर्न लोसपाको बैठक बस्दै
मङ्गलबार, १६ फागुन २०७९, १२ : ०२

काठमाडौँ । सरकारमा सहभागिताको विषयमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी नेपालको आज बैठक बस्ने भएको छ ।
पार्टीले कति वटा र कुन मन्त्रालय लिने भन्ने विषयमा निर्णय गरेर सरकारसँग कुरा गर्ने भएको छ । लोसपा नेपाल सरकारमा सहभागी हुने सहमति भएको र पार्टीमा कुराकानी गरेर सरकार पक्षसँग छलफल गर्ने लोसपाका कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लाले बताए ।
उनले भने, ‘सरकारमा जाने लगभग निश्चित भएको छ, कसरी जाने, कुन पद्धति र प्रक्रियामा जाने त्यस विषयमा आजको बैठकमा छलफल हुन्छ ।’
लोसपाले राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गरेको छ । लोसपाले अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिमा प्रस्ताव गरेको थियो । तर सो प्रस्तावमा आठ दलीय गठबन्धन सहमत भएन । त्यसपछि गठबन्धनले कांग्रेसले अघि सारेको नेता पौडेलमा सहमति जनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अझै स्तरोन्नति भएन सहिद मार्ग
-
बेनी बजार चिनाउने माध्यम ‘सङ्गीत, संस्कृति र प्रकृति’
-
साझा यातायातको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान
-
जीवन विकासले पारित गर्यो १४ प्रतिशत बोनस सेयर वितरण गर्ने
-
प्रकाश सपुतले किन प्रयोग गरे फिल्मको गीतमा ‘कामी’ शब्द ?
-
ऐन संशोधन नहुँदा कर्णाली प्रदेश खेलकुद विकास परिषद्मा झमेला