न्युजिल्याण्डद्वारा इंग्ल्याण्ड एक रनले पराजित

वेलिङटन । इंग्ल्याण्डविरुद्धको दोस्रो टेस्टमा न्युजिल्याण्ड एक रनले विजयी भएको छ । दोस्रो पारीमा इंग्ल्याण्डलाई २५६ रनमा रोक्दै न्युजिल्याण्डले रोमाञ्चक जीत हासिल गरेको हो ।
जीततर्फ अग्रसर इंग्ल्याण्डलाई रोक्न निल वागनरले ४ तथा टिम साउथीले ३ विकेट लिए । म्याट हेनरीले इंग्ल्याण्डका २ जना ब्याट्सम्यानलाई पभेलियन फर्काए । जो रुटको ९५ रन बनाएपनि टोलीलाई जीतसम्म डोर्याउन सकेनन् । कप्तान बेन स्टोक्सले ३३ तथा बेन फोक्सले ३५ रनले बनाए ।
पहिलो पारीमा ८ विकेटको क्षतिमा ४३५ रन बनाउँदै इंग्ल्याण्डले इनिङ्स समाप्तिको घोषणा गरेको थियो । न्युजिल्याण्ड पहिलो पारीमा २०९ रनमा सीमित भएपछि टोली फलोअनमा परेको थियो । दोस्रो इनिङ्समा भने न्युजिल्याण्डले पुनरागमन गर्दै ४८३ रन बनायो ।
जीतसँगै शृङ्खलामा १–१ को बराबरी भएको छ । न्युजिल्याण्डले सन् २०१७ देखि घरेलु मैदानमा कुनै शृङ्खला हारेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा