एलन मस्क पुनः बने विश्वका सर्वाधिक धनी व्यक्ति

विश्वको अर्बपतिको सूचीमा निकै ठुलो फेरबदल भएको छ । टेस्लाका मुख्य कार्यकारी अधिकारी एलन मस्क पुनः एक पटक विश्वका सर्वाधिक धनी व्यक्तिको शीर्ष स्थानमा परेका छन् । मस्कको सम्पत्तिमा पछिल्लो २४ घण्टामा भएको वृद्धिका साथै कुल सम्पत्ति १८७ अर्ब डलर पुगेको छ । हालसम्म शीर्ष स्थानमा बसेका फ्रान्सका अर्बपति बर्नार्ड अर्नाल्ट १८५ अर्ब डलरको कूल सम्पत्ति सहित दोस्रो स्थानमा झरेका छन् ।
एकै दिन यति बढ्यो सम्पत्ति
ब्लुमबर्ग बिलियनेर इन्डेक्सका अनुसार एलन मस्कको सम्पत्तिमा २४ घण्टाभित्र ६.९८ अर्ब डलर वृद्धि भएको छ । पछिल्ला केही दिनदेखि मस्कको सम्पत्ति वृद्धि भइरहेको थियो, त्यसैले उनी पुनः शीर्ष स्थानमा पुग्ने सम्भावना प्रबल बन्दै गइरहेको थियो ।
डिसेम्बरमा दोस्रो स्थानमा झरेका थिए
शीर्ष १० अर्बपतिको सूचीमा सन् २०२१ देखि लगातार शीर्ष स्थानमा रहेका एलन मस्कलाई अघिल्लो वर्ष डिसेम्बर २०२२ मा पछि पार्दै बर्नार्ड अर्नाल्ट विश्वका सबैभन्दा धनी व्यक्ति बनेका छन् । ४४ अर्ब डलरको ट्विटर सम्झौताबाट सुरुवातदेखि नै उनको कुल सम्पत्तिमा व्यापक गिरावट सुरु भएको थियो जुन वर्षको अन्त्यसम्म जारी रह्यो ।
यस वर्ष मस्कले यति कमायो
अघिल्लो वर्ष सबैभन्दा बढी सम्पत्ति गुमाउने मामिलामा एलन मस्क शीर्ष स्थानमा थिए भने यस वर्षको सुरुवातपछि नै उनको कम्पनीको सेयरमा आएको वृद्धिका कारण कुल सम्पत्तिमा वृद्धि देखिएको थियो, जुन अहिले पनि जारी छ । यस वर्ष हालसम्म एलन मस्कको सम्पत्तिमा ५०.१ अर्ब डलरको वृद्धि भइसकेको छ । यद्यपि, नम्बर एकदेखि दोस्रो स्थानमा खस्किएका बर्नार्ड अर्नाल्टको सम्पत्तिमा यस वर्ष हालसम्म २३.३ अर्ब डलरको वृद्धि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी प्राधिकरणले अब गति लिन्छ : मन्त्री अधिकारी
-
खोटाङमा अन्तरजातीय विवाह गर्ने पाँच दम्पती सम्मानित
-
निखिलको फिल्म ‘आचार्य’ बाट डेब्यु गर्दै उषा उप्रेती
-
शारीरिकसरह मानसिक स्वास्थ्यका संरचना निर्माण गर्नू, लान्छना लगाउनेलाई दण्डित गर्नू : सर्वोच्च अदालत (पूर्णपाठ)
-
न्यायिक समितिको सशक्तिकरणमा सहयोग गर्ने मुख्यमन्त्री कँडेलकाे प्रतिबद्धता
-
सरकारले आन्दोलनरत शिक्षकरूलाई वार्तामा बोलायो