थाइल्यान्डमा प्लास्टिक सर्जरी गरेर लागुऔषध व्यापार गर्ने पक्राउ

बैंकक । थाइल्यान्डका एक लागुऔषध व्यापारीले प्रहरीबाट जोगिन प्लास्टिक सर्जरी गरेको खुलेको छ । यसै साता ब्याङ्ककबाट पक्राउ परे पछि उनले प्लास्टिक सर्जरी गरेर अपराध लुकाउन खोजेको रहस्य खुलेको हो ।
न्युज स्काई डटकमका अनुसार आफ्नो अपराधको दुनियाँ लुकाउनका लागि ‘कोरियाली व्यक्तिजस्तो’ मात्रै बनेनन्, थाइल्याडको नाम सहारत सवाङजेङले नाम पनि बदलेर कोरियालीमा सेआङ जमिन राखेका थिए।
प्लास्टिक सर्जरी गरेर रूप बदलेका २५ बर्सिया उनलाई थाइल्यान्ड प्रहरीले तीन महिनादेखि खोजिरहेको थियो। उनले बेचेको लागुऔषध पिछा गर्दै जाँदा उनी उ बैंककमा पक्राउ गरेका परेका हुन ।
उनको बारेमा जानकारी दिनेहरूले उनलाई ‘सुन्दर कोरियाली युवा’ भन्ने गरेका थिए । प्रहरीका अनुसार पक्राउ पर्दा उनले आफू थाइल्यान्डमा बस्न दिक्क लागेर कोरियामा नयाँ जीवन सुरु गर्न चाहेको बताएका छन्।
थाइल्यान्ड प्रहरीका अनुसार यसअघि तीन पटक गरी तीन वर्ष जेल बसिसके थिए भने उनी पछिल्लो पटक हिरासतबाट भागे पछि प्लास्टिक सर्जरी गरेर लागु औषधको व्यापार गरिरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाको ‘मकिङ’ खोलामा फाल्दा बाढीको जोखिम
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
आज चैत्रकृष्ण एकादशी, पापमोचनी एकादशी व्रत गरिँदै
-
कुलमानलाई हटाएकोप्रति शेखर कोइरालाको प्रतिक्रिया– 'विनाशकाले विपरीत बुद्धि'
-
देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव, आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
ग्रुप च्याट लिक : हुथी विद्रोहीविरुद्ध ह्वाइट हाउसको आक्रमण योजना पत्रकारले थाहा पाएपछि...