सरकारी वेबसाइट किन समयमै ‘अपडेट’ हुँदैनन् ?
काठमाडौँ । निजामती प्रशासन सेवामा थुप्रै प्राविधिक दरबन्दी छन्। यी कर्मचारीले सरकारी वेबसाइट अपडेट देखि अन्य प्राविधिक काम गर्छन्।
तर, समयमा सरकारी वेभसाइट अपडेट नहुँदा जहिल्यै आलोचना खेप्दै आएका छन्। सोमबार अपारन्हमै नेकपा एमालेले सरकार छाड्यो। एमालेबाट सहभागी मन्त्रीहरूले प्रधानमन्त्रीलाई सामूहिक राजीनामा बुझाए। तर, अहिले पनि एमालेले छाडेका सम्बन्धित मन्त्रालयका वेबसाईटमा हेर्दा राजीनामा बुझाइसकेका मन्त्रीका फोटो र नाम उल्लेख छन्।
सरकारले सूचना प्रविधिलाई जोड दिने बताए पनि आन्तरिक कार्यमा ढिलासुस्ती भने कायमै छ।
भनाई नै छ,– ‘सरकारी काम कहिले जाला घाम।’ कर्मचारीलाई बिहान १० बजे हाजिर हुने र बेलुका कुन बेला पाँच बज्छ भनेर घडी हेर्दै फुर्सद हुँदैन। तर, राज्यको प्रतिनिधित्व गर्ने र स्वदेशसँगै विदेशमा रहेका आम सर्वसाधारणले नेपालमा भइरहेका सरकारी गतिविधि र मन्त्रालयबारे जान्न खोज्दा राजीनामा बासी हुन लाग्दा पनि सरकारी वेभसाईट भने अपडेट भएका छैनन्।
राजीनामा दिइसकेका एमाले नेताहरू अझै मन्त्रीकै रूपमा परिचित देखिएका छन्। एमालेबाट उपप्रधान एवं अर्थमन्त्री बनेका विष्णु पौडेल, परराष्ट्र मन्त्री डा. विमला राई पौड्याल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र कुमार राई, रक्षा मन्त्री हरि प्रसाद उप्रेती, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साह सरकारी वेबसाईटमा अझै मन्त्रीकै रूपमा छन्। तर, स्वास्थ्य मन्त्रालयले मात्रै वेबसाईट अपडेट गरेको देखिन्छ।
प्रधानमन्त्री कार्यालयमा सल्लाहकारका ताँती छन्। तर, ती सल्लाहकारको भूमिका यति बेला गौण देखिन्छन्। सूचना प्रविधिको संसार यति बेला झाँगिएको छ। सरकारका वेबसाईट कस्ले अपडेट गर्छ? सम्बन्धित मन्त्रालय वा प्रधानमन्त्री कार्यालयबाटै ? मन्त्रालयगत मन्त्रीहरूले राजीनामा दिएपछि वेभसाईट अपडेट गर्ने मूल दाहित्व सम्बन्धित मन्त्रालयकै हुने भए पनि कर्मचारीको अल्छी पन हो वा लापरबाहीले अहिलेसम्म वेबसाईट अपडेट भएका छैनन्।
सरकारको प्रवक्ता सूचना तथा सञ्चार मन्त्री रेखा शर्मा भन्छिन्,‘ मन्त्रालयका वेभसाईटहरु सम्बन्धित मन्त्रालयले अपडेट गर्नुपर्ने हो तर, किन गरेनन् म फलोअप गर्छु।’ उनले नेपाल सरकार प्रविधिमैत्री भएको बताउँदै मन्त्रालयका कर्मचारीको लापरबाहीबाट वेभसाईट तथा अन्य सूचनाको अपडेट हुन नसकेको बताइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस १५ भित्र विभागीय रिपोर्ट पेस गर्न एमालेको निर्देशन
-
‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा
-
टीयू मैदानमा अझै छ क्रिकेट क्रेज, तस्बिरहरू
-
मुम्बई : यात्रुले भरिएको डुङ्गा समुद्रमा पल्टिँदा दुई जनाको मृत्यु
-
जनजीविका र राष्ट्रिय मुद्दामा समाजवादी मोर्चा निष्प्रभावी
-
उमर खालिदले दिल्लीको अदालतबाट पाए अन्तरिम जमानत