मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय

कैलालीमा पञ्चेबाजासहित शिक्षकको बिदाइ

मङ्गलबार, १६ फागुन २०७९, ०८ : ११
मङ्गलबार, १६ फागुन २०७९

कैलाली । कैलालीको जानकी गाउँपालिकास्थिच अरुणोदय माध्यामिक विद्यालयले  अवकाश प्राप्त शिक्षकको भव्य समारोहका बीच बिदाइ गरेको छ । निमावि तहमा ३१ बर्स सेवा गरि अवकाश भएका सामाजिक विषयका शिक्षक रणबहादुर बिष्टको उत्सवमय बिदाई समारोह गरिएको हो । पञ्चेबाजा सहितको बिदाई रयाली जानकी गाउँपालिकाको वाड नम्बर ९ का बिभिन्न क्षेत्रमा  परिक्रमा गराइएको थियो ।  

जानकी गाउँपालिका वाड नम्बर ९ का वाडा अध्यक्ष खगेन्द्र भण्डारीले शिक्षकको सम्मान गर्ने विद्यालय परिवारको यो कार्य प्रशंसायोग्य रहेको बताए । यस्तै त्यस क्षेत्रका अगुवा तथा नेपाल प्रहरीका पूर्व नायब उपरीक्षक सुरतबहादुर शाहले विद्यार्थीहरू अनुशासित भएर अघि बढ्नुपर्ने बताएका छन् । 

कार्यक्रममा समाजसेवी रतिराम भट्ट, रुपा रेग्मी खत्री लगायतले विद्यालयको यो उदाहरणीय कार्यको मुक्तकण्ठले प्रशंसा गरेका थिए । बिदाई समारोहमा अवकासप्राप्त शिक्षक रणबहादुर बिष्टले आफू अवकाश प्राप्त भएपनि विद्यालयको हितमा सँधै लागिरहने बिचार व्यक्त गरे ।

कर्णाली करिडोर बन उपभोक्ता समितिका अध्यक्ष गोविन्द बिष्टले शिक्षकलाई सम्मान गर्ने  विद्यालय परिवारको कार्य निकै उदाहरणीय भएकाले  विद्यालयसँग आफूहरू सहकार्य गर्न सँधै इच्छुक रहेको बताएका छन् । 

विद्यालयका प्राध्यापक कपिलराज भाटले भने, ‘एउटा शिक्षकले ३० सयौं वर्ष विद्यालयमा आफ्नो उर्भर समय विजाउछ । तर उसले पैसा कमाउन सक्दैन । अन्य चिज कमाउन सक्दैन । उसले कमाउने भनेको एउटा सम्मान र इज्जत मात्र हो । त्यसैले शिक्षकलाई सम्मान गर्नुपर्छ भन्ने एउटा संस्कारको विकास गर्न हामीले खोजेका हौं ।’

उनका अनुसार आगामी दिनमा  अवकाश प्राप्त प्रत्येक शिक्षकलाई उच्च सम्मान दिनेछ । नयाँ आउने शिक्षकलाई हैसला दिएर समाजमा राम्रा विद्यार्थी उत्पादनका लागि सम्मान कार्यक्रम अगाडि बढाएको उनले बताए । प्रध्यापक भाटले विद्यालयलाई प्राविधिक धारमा लैजान सबैको साथ सहयोगका लागि अपिल गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप