मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

आर्थिक सहायतामा पहुँचवालाकै हालिमुहाली

मङ्गलबार, १६ फागुन २०७९, ०६ : २१
मङ्गलबार, १६ फागुन २०७९

काठमाडौं । सरकारले बाँड्ने गरेको आर्थिक सहायतामा पहुँचवालाकै हालीमुहाली रहेको पाइएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार त्यस्तो सहायता पूर्वराष्ट्रपतिदेखि भुटानी मानवअधिकारवादी नेतासम्मले लिएका छन् । अर्थ मन्त्रालयले पूर्वराष्ट्रपति डा। रामवरण यादवलाई औषधि उपचारका लागि २५ लाख रुपैयाँ निकासा गरेको छ ।

गत कात्तिक ३ गतेको मन्त्रिपरिषद्ले यादवको उपचारका लागि रकम निकासा गर्ने निर्णय गरेको थियो । सोअनुसार मन्त्रालयले कात्तिकमै २५ लाख रुपैयाँ निकासा गरेको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा ९एकीकृत समाजवादी०का नेता झलनाथ खनालले सरकारबाट २० लाख रुपैयाँ सहायता लिएका छन् । उनलाई उपचारका लागि सरकारले रकम दिएको हो । अर्थ मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को गत भदौ ३१ गतेको निर्णयबमोजिम रकम निकासा गरिएको हो । खनाललाई उपचारका लागि सरकारले गतवर्ष पनि ५८ लाख ५३ हजार रुपैयाँ दिएको थियो ।

त्यस्तै भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाललाई दुईपटकमा २७ लाख रुपैयाँ दिइएको छ । गत भदौमा काठमाडौं महानगरपालिका–११ स्थित प्रकृति, संस्कृति, सामाजिकता संरक्षण समूहको अक्षयकोष वृद्धिका लागि १० लाख दिइएको छ । प्रतिनिधिसभा निर्वाचनका दिन झडपमा ज्यान गुमाएका सञ्जीव ऐडी र चेतनदीप ऐडीको परिवारलाई सरकारले गत माघमा प्रतिपरिवार १० लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।

सरकारले आर्थिक सहायताका नाममा साउनमा ९२ लाख, भदौमा १ करोड ४१ लाख, असोजमा २५ लाख, कात्तिकमा ४४ लाख, मङ्सिरमा १ करोड ३० लाख, पुसमा ८८ लाख र माघमा २४ लाख रुपैयाँ बाँडेको छ । विशेषतः चुनाव लागेपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले आफ्नो क्षेत्रका सर्वसाधारणलाई आर्थिक सहायता उपलब्ध गराउनेदेखि लिएर क्षेत्र केन्द्रित आयोजनामा बजेट रकमान्तर, बहुवर्षीय स्रोत सुनिश्चितता गरेको अर्थ मन्त्रालयको विवरणले देखाएको छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप