बुढासुब्बा गोल्डकप : पाँच पटकको विजेता पुलिस क्लब पराजित
धरान । धरानमा जारी बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगितामा पाँच पटकको उपाधि विजेता नेपाल पुलिस क्लब २३औँ संस्करणबाट बाहिरिएको छ ।
धरान रङ्गशालामा भएको क्वाटरफाइनल खेलमा पुलिस क्लब काँकरभिट्टटा फुटबल ट्रेनिङ सेन्टरसित २–० गोलअन्तरले पराजित भएको हो । काँकरभिट्टटाका लागि पहिलो हाफको २०औँ मिनेटमा तथा दोस्रो हाफको ८१औँ मिनेटमा निशान लिम्बूले गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच लिम्बू नै घोषित भए । उनले रु १० हजार पुरस्कार प्राप्त गरे ।
पुलिस क्लबले दोस्रो, चौथो, पाँचौँ, १०औँ र १९औँ संस्करणको बुढासुब्बा गोल्कपको उपाधि जितेको थियो । बीसौँ संस्करणमा भने पुलिस क्लब उपविजेता बनेको थियो । काँकडभिट्टाले बुधबार सेमिफाइनलमा भारतको युकेएफसीसित प्रतिस्पर्धा गर्नेछ । यसअघि युकेएफसी धरान फुटबल क्लबलाई पराजित गर्दै अन्तिम चारमा प्रवेश गरिसकेको छ ।
मङ्गलबार क्वाटरफाइनलमा एन्फा मोरङ र बङगलादेशको केबिपिएस क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । यही फागुन २० गते फाइलन खेल हुने उक्त प्रतियोगितामा तीन विदेशीसहित आठ टोली सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो, रियाल मड्रिड स्तब्ध
-
विश्लेषकहरु भन्छन्-लेबनान युद्धविराम मध्यपूर्वको समस्या समाधान होइन, राहत मात्रै
-
एलन मस्कको टेस्लाले स्मार्टफोन ल्याउन सक्ला ?
-
पारस खड्का जस्मिन पेन्ट्सको सद्भावनादूत नियुक्त
-
नेपाली चिया कफीको ऐतिहासिक परम्पराको सम्मान बढाउने उत्पादन
-
बालाचतुर्दशी : पशुपतिनाथको कैलाशमा पसल राख्न प्रतिबन्ध