सशस्त्रका ४ डीआईजीको पदस्थापना, ११ जनाको सरुवा

काठमाडौँ । सशस्त्र प्रहरी बलका ४ जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई पदस्थापना गरिएको छ । भर्खरै बढुवा भएका चारजनालाई पदस्थापन गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
डीआईजी सुरेश कुमार श्रेष्ठलाई एपिएफ कमाण्ड तथा स्टाफ कलेजमा पदस्थापन गरिएको छ । अञ्जनी कुमार पोखरेललाई नम्बर–१ बराह बाहिनी मुख्यालय, दिपेन्द्र शाहलाई नम्बर–२ छिन्नमस्ता बाहिनी मुख्यालय र पुरुषोत्तम थापालाई नम्बर–९ पशुपतिनाथ बाहिनी मुख्यालयमा पदस्थापना गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्णय अनुसार ११ जना डीआईजीहरुको सरुवा गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ । डीआईजी ई.किशोर प्रधानलाई मानवश्रोत विभाग, शम्भु सुवेदीलाई सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय र काली दास धौबजीलाई नम्बर–४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीमा सरुवा गरिएको छ । कुमार न्यौपानेलाई नम्बर–७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीमा सरुवा गरिएको छ ।
लक्ष्मण बहादुर सिंहलाई नम्बर–३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर र प्रदीप कुमार पाललाई नम्बर–६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा सरुवा गरिएको छ ।
माघ २५ मा बढुवा समितिले सुरेश कुमार श्रेष्ठ, अन्जनी कुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापालाई वरिष्ठ उपरीक्षकबाटडीआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यनारायणको बार आज कसलाई कति लाभ ? हेरौं राशिफल
-
ला लिगामा बार्सिलोना र एटलेटिको मड्रिड अगाडि, रियाल तेस्रो स्थानमा झर्यो
-
प्रिमियर लिगमा चेल्सी फेरि हार्यो
-
दोस्रो स्थानको आर्सनललाई घरेलु मैदानमै झट्का
-
महाशिवरात्रि : आकर्षक बनाइँदै पशुपति क्षेत्र
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म