मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

कुमारी बैंक लिमिटेडले विद्युतीय सवारीसाधन कर्जा प्रदान गर्दै

सोमबार, १५ फागुन २०७९, २१ : १२
सोमबार, १५ फागुन २०७९

काठमाडौँ । कुमारी बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्गबीच ग्राहकहरूलाई टाटा मोटर्सको विद्युतीय सवारी साधन खरिद गर्नको लागि कर्जा प्रदान गर्ने सम्झौता भएको छ ।

पछिल्लो समय विद्युतीय सवारी साधनको लोकप्रियता बढ्दै गएको र सोही अनुरूप आफ्ना ग्राहकहरुको माग पूरा गर्न कुमारी बैंक लिमिटेडले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रुपमा विद्युतीय सवारी साधन कर्जा उपलब्ध गराउने जनाइएको छ । 

यस सहकार्य पश्चात् कुमारी बैंकका ग्राहकहरूले टाटा मोटर्सको विद्युतीय सवारी साधन खरिद गर्दा बैंकबाट सजिलै बिजक मूल्यको ८०% सम्म कर्जा प्राप्त गर्न सक्ने छन्, साथै कर्जाको अवधि ८ वर्ष सम्म रहने प्रावधान गरिएको छ ।

आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९४ एटिएम, ६२ शाखारहित बैंकिङ्ग इकाई तथा ४९ एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको कुमारी बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्दै जाने प्रतिबद्धता जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप