मेरी बास्सैमा देखिँदै माग्ने बुढा

काठमाडौँ । नेपालको सबैभन्दा लामो समय प्रसारण भएको हाँस्य टेलिश्रृंखला मेरी बास्सैमा हाँस्यकलाकार माग्ने बुढा उर्फ केदार घिमिरे देखिने भएका छन् । मंगलबार प्रसारण हुने मेरी बास्सैमा माग्ने बुढाकै भूमिकामा घिमिरे प्रस्तुत हुनेछन् ।
मिडिया हबको अफिसियल सामाजिक सञ्जालहरूमा केदार घिमिरे र बेनिशा हमाल समावेश मेरी बास्सैको पोष्टर सार्वजनिक गरिएको छ ।
छक्का पञ्जाको प्रदर्शनको छेको पारेर यो टिमका दुई कलाकार प्रचारका लागि मेरी बास्सै पुगेका हुन् । मेरी बास्सैको मंगलबारको श्रृंखलामा केदार घिमिरेसँगै बेनिशा हमाल पनि देखिनेछिन् भने अरु कलाकारहरू छन् वा छैनन् त्यो स्पष्ट छैन ।
मेरी बास्सै माग्ने बुढालाई चिनाएको टेलिफिल्म हो । उनलाई यसै टेलिफिल्मले माग्ने बुढाका रुपमा परिचय दिएको थियो । मेरी बास्सै हरेक मंगलबार राती ९ बजे नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साविक विजेता मच्छिन्द्र बागमती गोल्डकपको फाइनलमा
-
नयाँ शक्तिद्वारा ३ महिने सांगठनिक अभियान प्रस्ताव
-
माधव नेपाललाई झलनाथको प्रश्न : समाजवादका नाउँमा जनतालाई किन ठग्ने ?
-
‘रोल मोडेल’ बन्न जनप्रतिनिधिलाई प्रचण्डको सुझाव, विज्ञले के भने ?
-
रेड पाण्डाबारे लेखिएको 'नेपालमा हाब्रे' पुस्तक विमोचन
-
सम्भावनाहरुलाई अवसरमा बदल्न आवश्यक छ : अध्यक्ष ढकाल