मधेस प्रदेश सरकारबाट एमाले नबाहिरिने
सोमबार, १५ फागुन २०७९, २० : ०१
जनकपुरधाम । मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले केन्द्रमा समीकरण फेरबदल भए पनि मधेस प्रदेश सरकारबाट आफूहरू नहट्ने बताएका छन् ।
नेकपा एमाले मधेस प्रदेश संसदीय दलका नेतासमेत रहेका उनले सरकारबाट बाहिरिने अथवा समर्थन फिर्ता लिने कुनै योजना नरहेको बताएका हुन् । उनले भने, ‘हामीले कांग्रेस र माओवादीलाई समर्थन गरेका होइनौँ, त्यसैले सरकारबाट बाहिरिनु वा समर्थन फिर्ता लिनु आवश्यक छैन ।’
आफूहरूले जसपा नेतृत्वको सरकारलाई समर्थन गरेकाले मधेस प्रदेश सरकारमा एमालेको सहभागिता कायम रहने उनको भनाइ छ ।
उनले मुख्यमन्त्रीसँग आफूहरू निरन्तर सम्पर्क मै रहेको बताए । ‘आज पनि भेटघाट हुँदा कुरा भएकै थियो,’ उनले भने, ‘सरकार परिवर्तनबारे त्यस्तो केही कुरा भएको छैन ।’
यता जसपाका एक नेताले समेत मधेस प्रदेशमा केन्द्रीय राजनीतिको असर नपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीडेनको मुख्य शहर ओरेब्रोस्थित स्कुलमा गोलीबारी, आक्रमणकारीसहित १० को मृत्यु
-
स्याङ्जाको अर्जुनचौपारीमा ‘नेपालकै पहिलो’ नवग्रह मन्दिर
-
दशौँ राष्ट्रिय खेलकूद : सुदूरपश्चिमको छनोट धनगढी र महेन्द्रनगरमा
-
१२ बजे, १२ समाचार : झापामा गोली चल्योदेखि रविविरुद्ध चितवनमा पनि मुद्दा दायरसम्म
-
कांग्रेसका जनप्रतिनिधिले हरेक २ महिनामा प्रगति विवरण पार्टीलाई बुझाउनु पर्ने
-
झापामा गोली चल्यो, एक जना घाइते