मन्त्रालयमा नीतिगत सुधारका कामलाई प्राथमिकता दिए : भगवती चौधरी

काठमाडौँ । निवर्तमान महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले आफूले मन्त्रालयको नीतिगत सुधारका कामलाई प्राथमिकता दिएर काम गरेको बताएकी छन् ।
सोमवार मन्त्री पदबाट राजीनामा दिएसँगै मन्त्रालयमा पत्रकारहरुसँग भेटघाट गर्दै निवर्तमान मन्त्री चौधरीले आफूले जिम्मेवारी सम्हालेदेखि नै विभिन्न नीतिगत सुधारका काम अघि बढाएको बताएकी हुन् ।
उनले राष्ट्रिय ज्येष्ठ नागरिक नीति २०७९ को मस्यौदा तयार गरेको र त्यसबाट ज्येष्ठ नागरिकहरु धेरै नै लाभान्वित हुने बताइन् । ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता बापत पाउनुपर्ने रकम बैंकहरुले सम्बन्धित व्यक्तिकै हातमा पु¥याउनुपर्ने व्यवस्था गरिएको उनले उल्लेख गरिन् ।
त्यस्तै अपांगता भएको व्यक्ति सम्बन्धी नीति तयार भएको, राष्ट्रिय बालबालिका नीतिको मस्यौदा तयार भएको, बालबालिका सम्बन्धी ऐन २०७५, बालबालिका सम्बन्धी नियमावली २०७८ लाई स्वीकृति गरिएको पनि उनले बताइन् ।
उनले आफ्नो पार्टी नेकपा(एमाले)ले गरेको निर्णय अनुसार मन्त्री पदबाट राजीनामा दिएको बताइन् । निवर्तमान मन्त्री चौधरीले सरकार अस्थिर बन्दा देश र जनताले दुःख पाउने अवस्था रहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विधेयक पारित गरेर प्रतिनिधिसभा बैठक शुक्रबारसम्म स्थगित
-
१५ अङ्कले घट्याे नेप्से परिसूचक, सात अर्ब ५७ करोडको कारोबार
-
३० हजार घुस लिएको आरोपमा सई खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
सेती प्रादेशिक अस्पतालको तेस्रो तलाबाट हाम फालेका सिंहको उपचारका क्रममा मृत्यु
-
साना तथा मझौला उद्योगको आईपीओमा किन परेन आवेदन ?
-
वर्तमान शासन व्यवस्थाको विकल्प छैन : प्रचण्ड