शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

केन्द्रमा समीकरण फेरिए पनि प्रदेशमा असर गर्दैन : मुख्यमन्त्री गिरी

सोमबार, १५ फागुन २०७९, १८ : ५२
सोमबार, १५ फागुन २०७९

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले संसदीय व्यवस्थाको मर्म अनुसार प्रदेश सरकार अगाडि बढ्ने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी एमालेको ‘ग्रास रुट अभियान’अन्तर्गत लमही नगरस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले राष्ट्रपति निर्वाचनका क्रममा केन्द्रमा राजनीतिक समीकरण फेरिए पनि प्रदेश सरकार फेरबदल नहुने र संसदीय व्यवस्थाको मर्म अनुसार आफूहरू अगाडि बढ्ने बताएका हुन् ।

प्रदेशसभाको ठुलो दलको हैसियतले सबै दलको सहमति र सहकार्यअन्तर्गत एमाले अगाडि बढ्ने बताउँदै मुख्यमन्त्री गिरीले संघीय सरकारमा देखिएको समस्या प्रदेश सरकारमा नदेखिने दाबीसमेत गरे ।

उनले सत्ता साझेदार दलसँगको आपसी समझदारी अनुसार अगाडि बढ्ने र सबै दलसँग सहकार्य गर्ने बताए ।

केन्द्र सरकारमा देखिएको समस्याले वामपन्थी आन्दोलनलाई कमजोर बनाएको भन्दै मुख्यमन्त्री गिरीले देशी–विदेशी शक्तिकेन्द्रको प्रभावमा परेर परिवर्तन विरोधी कार्य हुन थालेको बताए ।

जनताको माया, ममता र सद्भावबाट हुर्किएको नेकपा एमाले जनताको बिचबाट टाढा हुन थालेपछि जनतासँग पार्टीलाई जोड्न ‘मिसन ग्रास रुट’ सञ्चालन गरेको मुख्यमन्त्री गिरीको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप