विप्लव नेतृत्वको नेकपाद्वारा दोलखामा विरोध प्रदर्शन
सोमबार, १५ फागुन २०७९, १६ : ४९

दोलखा। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दोलखाको सदरमुकाम चरिकोटमा विरोध प्रदर्शन गरेको छ । सोमबार दिउँसो सो पार्टीले सदरमुकाम चरिकोटमा चरम महंगी, बैंक, सहकारी लघुवित्तको चर्को ब्याज र मिटरब्याजीको ज्याद्दती भएको भन्दै विरोध प्रदर्शन गरेको हो ।
विरोध प्रदर्शनमा नेकपाका जिल्ला इन्चार्ज अर्जुन योगी, जिल्ला सेक्रेटरी राजकुमार लामिछाने, जिल्ला संयोजक राजन धनुके, जिल्ला सदस्य सिताराम उप्रेती लगायत का कार्यकर्ताको सहभागिता रहेको थियो । प्रदर्शनपछि आयोजित कोणसभामा नेताहरुले बैंक, सहकारी लघुवित्तको चर्को ब्याज र मिटरब्याजीको ज्याद्दतीको चर्को विरोध गरेका थिए ।