बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

कमला नदी पुलको निर्माण दुई साताभित्र सुरु गर्न उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन

सोमबार, १५ फागुन २०७९, १६ : ३९
सोमबार, १५ फागुन २०७९

जनकपुरधाम । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायण काजी श्रेष्ठले धनुषा र सिराहालाई जोड्ने  कमला नदी पुलको निर्माण कार्य दुई हप्ताभित्र सुरु गर्न निर्देशन दिएका छन् । 

उपप्रधानमन्त्री श्रेष्ठले सोमबार उक्त पुलको निरीक्षण गर्दै ठेकेदार कम्पनीलाई निर्देशन दिएका हुन् । उनले पुलको डिजाइन पेश भइसकेको बताउँदै सो डिजाइन स्वीकृत गराएर निर्माण कार्य सुरु हुने बताए । 

निरीक्षणको क्रममा स्थानीयहरूले उपप्रधानमन्त्री श्रेष्ठसँग हाललाई अस्थायी पुल बनाउन माग गरेका थिए । उनले सर्वसाधारणलाई तत्काल आवतजावत गर्न नदीमा ह्युमपाइप राखिदिन समेत निर्माण कम्पनीलाई निर्देशन दिए । 

तराई मधेसको लाइफलाइन मानिने हुलाकी सडक अन्तर्गतको उक्त पुल नबन्दा धनुषा र सिराहाका सर्वसाधारणले  सास्ती भोग्नु परेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप