विराट गोल्डकपका लागि मैदान तयार पारिँदै

विराटनगर । चैत ९ गतेदेखि आयोजना हुने मोफसलकै चर्चित फुटबल प्रतियोगिता विराट गोल्डकपका लागि अहिले मैदान निर्माण कार्य जारी रहेको छ । विराटनगरको शहीद रंगशालामा रातिको समयमा आयोजना हुने प्रतियोगिताका लागि आयोजक विराट गोल्डकप ट्रस्टले आफ्नै लगानीमा मैदान मर्मतको कामलाई तिव्रता दिएको हो ।
चैतको पहिलो सातासम्म मैदान तयार पार्ने गरि काम तीव्र गतिमा भइरहको गोल्डकप आयोजकका सिईओ सुवाशीस कोइरालाले जानकारी दिए । ‘मैदानमा अहिले नियमित रुपमा ४ सातादेखि काम भइरहेको छ, विगतको तुलनामा अहिले मैदान हरियाली भएको छ भने प्यारापिट मर्मतको काम पनि अन्तिम चरणमा पुगेको छ’ सिईओ कोइरालाले
बताए । नेपाली र विदेशी टिमको सहभाीगतामा हुने प्रतियोगिताको पुरस्कार राशी पनि बढाउने र प्रतियोगिता सम्पन्न गर्नका लागि झण्डै २ करोड ५० लाख खर्च लाग्ने भएकाले स्पोन्सर खोज्नेदेखि टिकट बिक्रीसम्मका योजनाहरु बनाएर अघि बढाएको सिईओ कोइरालाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीलाई पुनको प्रश्न : दमकमा भ्यू टावर बनाउँदा वरपर ५ हजार सुकुम्वासी छन् भन्ने किन बिर्सनुभयो ?
-
प्रधानसेनापति म्याराथनमा नेपाली सेनाका खड्का प्रथम
-
लोकतन्त्रको विकल्प खोज्नु मुलुकलाई सङ्कटमा धकेल्ने काम हो : गृहमन्त्री लेखक
-
नेपाली कथामा जनयुद्धको प्रतिविम्बनः साक्ष्य सर्वेक्षण
-
जनकपुरका अस्पतालहरूले बिरामीसँग गम्भीर लापरबाही गरेको पाइएको छ : मुख्यमन्त्री सिंह
-
प्राधिकरणको आधिकारिक ट्रेड युनियनमा माओवादी केन्द्र निकट कर्मचारी सङ्गठन विजयी