प्रधानमन्त्री कप महिला क्रिकेट जित्ने सुदूरपश्चिमको टोलीलाई एसपीएको सम्मान

काठमाडौँ । गत माघमा सुनसरीको इटहरीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको सुदूरपश्चिमको टोलीलाई सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए) कलेजमा सम्मान गरेको छ । कलेजमा नै अध्यानरत खेलाडीसहित उपाधि विजेता टोलीका सदस्यहरु ईश्वरी विष्ट र रुवि पोदार एसपीएले सम्मान गरेको हो ।
कलेजले रजत जयन्तीको उपलक्ष्यमा शुक्रबार उनीहरुलाई नगद र सम्मानपत्र सहित सम्मानित गरेको छ । सबैलाई कलेजमा छात्रवृत्तिमा अध्ययन गर्छन् ।
उनीहरूलाई सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, एसपीएका अध्यक्ष योगेन्द्रबहादुर शाही, प्रबन्ध निर्देशक सुवास शाही, क्याम्पस प्रमुख योगराज उपाध्यायले सम्मानित गरेका थिए । उनीहरुसँगै एसपीएले मलेसियामा दुई वर्षअघि सम्पन्न पाँचौ गोजुरियो विश्व कराँते च्याम्पियनसीपमा नेपालका लागि रजत पदक जितेका कमल ओलीलाई पनि नगदसहित सम्मान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सन्तान र पति छाडेर प्रेमीसँग गएकी महिलाले भिडियोमार्फत दिइन् चेतावनी
-
प्रमुख प्रशासकीय अधिकृत छानबिन कार्य खुलाउन काठमाडौँ महानगरलाई मन्त्रालयको पत्र
-
पार्टीभित्र रहेका मतभेदलाई हटाएर विश्वासको वातावरण बनाउनुपर्छ : सभापति देउवा
-
निरन्तर दश दिन बढेपछि सेयर बजारले लियो विश्राम, कारोबार झनै बढ्यो
-
कुनै बेला मार्चमा सुरु हुन्थ्यो नयाँ वर्ष, कसले सार्यो जनवरीमा ?
-
‘जनै हराएको बाहुन’ भदौमा रिलिज हुने