मेरो नागरिकता ठिक छ : ज्ञवाली
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआइजी) श्यामलाल ज्ञवालीले आफ्नो नागरिकतामा शंका गर्नुपर्ने कुनै आधार नरहेको स्पष्ट पारेका छन्।
ज्ञवालीको नागरिकता अभिलेख हेर्दा जिल्ला प्रशासन कार्यालय प्यूठानबाट २०४१ चैत २१ मा जारी भएको देखिन्छ । नागरिकता जन्ममिति उल्लेख नगरे पनि १७ वर्ष भनिएको छ । तर, प्रहरी मुख्यालयले राखेको रेकर्ड र सिटरोलमा ज्ञवालीको जारी मिति २०४१ चैत २१ र शैक्षिक योग्यतामा उल्लेख भएको जन्ममिति २०२५ भदौ २६ छ । यसरी नागरिकता र प्रहरी सिटरोलमा उल्लेख भएको नम्बर हेर्दा पाँच महिना पाँच दिन फरक परेको देखिन्छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञवालीले नागरिकतामा उल्लेख भएको उमेर र प्रहरी सेवा प्रवेश गर्दाको उमेर नमिलेको भन्दै शङ्कास्पद मानेर उनी विरुद्ध उजुरी परेको छ । उमेर सच्याएको भन्दै उनीविरुद्ध उजुरी परेको हो । सोमबार प्रहरी मुख्यालयसँग ज्ञवालीको नागरिकताको विवरण पठाउन आयोगले पत्राचार गरिसकेको छ ।
ज्ञवाली भन्छन्, ‘मेरो प्रहरीको सिटरोल र नागरिकतामा उल्लेख भएको जन्म मिति एउटै छ । छानबिनबाट देखिने पनि त्यही हो ।’
प्रहरी नियमावलीमा कुनै प्रमाण पत्रमा वर्षमात्रै उल्लेख भएको र अर्को प्रमाणपत्रमा पुरा जन्ममिति खुलेको रहेछ र त्यस्तो प्रमाणपत्रमा उल्लेखित जन्ममितिहरुको बीचमा एक वर्षभित्रको अन्तर देखिएमा पुरा खुलेको जन्ममितिको आधारमा जन्ममिति कायम गरिने उल्लेख छ ।
अख्तियारले नामै तोकेर उजुरी दिएका प्रहरी अधिकृतको हकमा उनीहरूको नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रबारे विस्तृत छानबिन गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका ५ सहकारी ‘समस्याग्रस्त’ घोषित, कसको दायित्वमा कति रकम ?
-
प्रयागराज महाकुम्भमेला : धार्मिक पर्यटन प्रवर्द्धन गर्न उपयोगी
-
बाँकेमा भेटिए बीस प्रजातिका चरा
-
रुसी राष्ट्रपतिलाई ट्रम्पको चेतावनी-युक्रेन युद्ध समाप्त गर्ने कि आर्थिक दण्ड भोग्ने ?
-
पश्चिमी न्यून चापीय प्रणाली सक्रिय, यी स्थानमा वर्षा र हिमपातको सम्भावना
-
आर्सनल, इन्टर मिलान र एसी मिलान च्याम्पियन्स लिगको अघिल्लो चरणमा