देशभरका ६५५ एम्बुलेन्समा जिपिएस जडान
सोमबार, १५ फागुन २०७९, १५ : १४

काठमाडौँ । सरकारले देशभरिका एम्बुलेन्सलाई जिपिएस प्रणालीमा दर्ता कार्यलाई तीव्रता दिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एउटै ट्रयाक अर्थात् जिपिएस प्रणालीमा दर्ता भएका एम्बुलेन्सको संख्या ६५५ पुगेको जनाएको हो ।
एचईओसी प्रमुख तथा सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार एम्बुलेन्सलाई सिष्टममा ल्याउने कार्य अन्तिम चरणमा पुगेको छ ।
प्रदेश १ मा १६ वटा एम्बुलेन्समा जिपिएस जडान भएको छ भने मधेस प्रदेशमा २८६ एम्बुलेन्समा कुनै पनि प्रणालीमा आबद्ध गरिएको छैन ।
बागमती प्रदेशमा ३ सय ४७, लुम्बिनी प्रदेशमा ७०, कर्णाली प्रदेश ४२, सुदूरपश्चिमका ५८ वटा एम्बुलेन्समा जिपिएस जडान भएको छ ।
हालसम्म नेपालमा २ हजार ३४२ एम्बुलेन्स दर्ता भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी