दर्ता नभएको भन्दै बाल विकासका विभिन्न समितिलाई कारबाही गर्न निर्देशन
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालविकास शिक्षकका समितिलाई कारबाही गर्न निर्देशन दिएको छ । देशभरका ७७ वैट जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईलाई परिपत्र गर्दै कारवाही गर्न निर्देशन दिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन अनुसार केन्द्रले इकाइहरूलाई कारवाहीका लागि पत्राचार गरेको हो । नेपाल सरकारको संस्था दर्ता सम्बन्धी नियमको पालना नगरी आफ्ना गतिविधि अघि बढाएको भन्दै कारवाही गर्न भनेको हो ।
बाल शिक्षक संस्थाका नामबाट देशका विभिन्न कार्यक्रम गर्ने र त्यसका लागि प्रति व्यक्ति रकम असुल्ने गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । नेपाल बाल विकास शिक्षक केन्द्रीय समिति र बालविकास शिशु कार्यकर्ता संघर्ष समितिले विविध कार्यक्रमहरू गर्ने भनेर प्रतिव्यक्ति ५०० देखि एक हजारसम्म लिएको भन्दै अख्तियारमा उजुरी परेको थियो ।
उक्त संस्था दर्ता नगरेको देखिएको भन्दै उक्त संस्था र व्यक्तिमाथि छानविन गरी कारवाही गर्न अख्तियारले शिक्षासचिवको नाममा पत्र काटेको थियो । शिक्षा मन्त्रालयका सचिवका नाममा लगत कट्टा गर्ने भनी आयोगको १९ माघमा निर्णय भएको थियो । सोही आधारमा शिक्षा मन्त्रालयले केन्द्रलाई आवश्यक कारवाही गर्न निर्देशन दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भीमदत्त नगर सभापति कलौनीको अन्त्येष्टि
-
बुढासुब्बा गोल्डकप :‘सडन डेथ’ मा धरान फुटबल क्लबलाई हराउँदै युके एफसी सेमिफाइनलमा
-
सुदूरपश्चिममा एक लाख ५१ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै
-
टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
-
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ
-
चौतारा ढालेर थुपारिएको दाउरा महानगरले जफत गर्ने