बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

अन्तर–विद्यालय ‘एलआरआई साइन्स, सोसल र इन्डष्ट्रियल’ एक्जिविसन सम्पन्न

सोमबार, १५ फागुन २०७९, १२ : २५
सोमबार, १५ फागुन २०७९

काठमाडौँं । एलआरआई स्कुलको आयोजनामा एक दिवसीय ‘एलआरआई साइन्स, सोसल र इन्डष्ट्रियल’ एक्जिविसन आयोजना भएको छ । एलआरआई स्कुल प्लस २ सेसनले आयोजना गरेको एक्जिविसनमा रोबट, इलोक्ट्रोनिक, सोसलका प्रोजेक्ट, आर्थिक र ड्रोन लगायत समावेश गरिएको थियो ।

आइतबार एलआरआई स्कुल प्राङगणमा आयोजित एक्जिविसनमा पिनाकल, ज्ञानुदय, राजिङस्टार लगायत उपत्यकाको ११ स्कुलका कक्षा दशमा अध्ययनरत बिद्यार्थीको सहभागिता रहेको थियो ।

कक्षा दशमा अध्ययन छात्राछात्रका लागि इनोभेसन, इन्टरप्रिमियरसिम, समाजमा भएका पहिलेका रीतिरिवाजहरू जस्तै छाउपडी प्राथा लगायतको बारेमा जानकारी दिन कार्यक्रम आयोजना गरिएको एलआरआई कलेजका टिचर ध्रुव खड्काले जानकारी दिए ।

एक्जिविसनमा राखिएका साइन्सका सबै प्रयोगहरू प्लस टु अध्ययनरत विद्यार्थीले बनाएका हुन् । एक्जिविसनको यो तेस्रो संस्करण हो । यसको पहिलो संस्करण २०७६, दोस्रो २०७८ आयोजना भएको थियो ।

दुई चरणमा आयोजित कार्यक्रमको पहिलो चरणमा स्कुलका छात्राछात्रको लागि नयाँ नयाँ प्रयोग आइडिया बाँडिएको, त्यसप्रति चासो बढाइएको र दोस्रो चरणमा समाजमा रहेको रीतिरिवाज, परम्परा प्रति चासो देखाउन र जानकारी दिने कार्यक्रम समेत भएको थियो । कार्यक्रममा हिमालयन टाइगर भरत बिसुरालको संयोजकत्वमा रेसलिङ कार्यक्रम समेत आयोजना भएको थियो ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप