बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

स्ववियू चुनाव : वैद्य, बास्तोला र नेपाली पक्षका विद्यार्थी संगठनबीच कार्यगत एकता

सोमबार, १५ फागुन २०७९, ११ : १५
सोमबार, १५ फागुन २०७९

काठमाडौँ । आगामी चैत ५ गते हुने स्ववियू चुनावमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत निकट अखिल क्रान्तिकारी र सन्तबहादुर नेपाली नेतृत्वको नेकपा मशाल निकट अखिल छैटौं एक भएर जाने भएका छन् । आइतबार बैठक बसेर बैद्य, बास्तोला र नेपाली पक्षका विद्यार्थी संगठन एउटै घोषणापत्र लिएर चुनावमा जाने निर्णय  गरेका हुन् । 

पार्टी एकता हुनेगरी वैद्य, बास्तोला र नेपालीले छलफल गरेपछि स्ववियू चुनावमा समेत सहकार्य गरेर जाने निर्णय भएको वैद्य निकट अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले बताए । ‘हामी तीन पार्टी एकता गर्ने लगभग निश्चित जस्तै छ । अब स्ववियू चुनाव तत्काल आउन लागिसक्यो’ गजुरेलले भने, ‘त्यसैले तीन पार्टीका विद्यार्थी संगठन एउटै घोषणापत्र लिएर चुनावमा जाँदै छौं ।’ स्ववियू चुनामा कार्यदल बनाएर उम्मेदवार तय गरिने गजुरेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप