सुजुकीको आधिकारिक डिलरको रूपमा स्मार्ट सिरोजेनिक्स नियुक्त

काठमाडौँ । नेपालका लागि सुजुकी चार पांग्रे सवारी साधनको आधिकारिक वितरक सीजी होल्डिङ्ग्सले आधिकारिक डिलरको रूपमा स्मार्ट सिरोजेनिक्सलाई नियुक्त गरेको छ ।
ग्राहकहरूलाई विश्वस्तरीय सेवा सुविधा तथा अनुभव प्रदान गर्ने उद्देश्यका साथ काठमाडौँको नक्सालमा कम्पनीको आधिकारिक डिलरको रूपमा स्मार्ट सिरोजेनिक्सलाई नियुक्त गरिएको हो ।
सवारी साधन खरिदकर्ता ग्राहकलाई सवारी साधनको खरिदप्रति उच्च एवं स्मरणीय अनुभव प्रदान गर्नुनै सीजी नेक्स्टजेन च्यानलको बेन्चमार्क पनि भएको बताइएको छ । ग्राहकहरूलाई सहज र झन्झटमुक्त अनुभव प्रदान गर्न नयाँ सोरुम डिजाईन गरिएको कम्पनीले जनाएको छ ।
सीजी नेक्स्टजेन मार्फत सुजुकी व्राण्डका प्रिमियम गाडीहरू उपलब्ध हुनेछन् भने ग्राहकवर्गहरुले गाडी खरिद गर्दाको अनुभव फरक र उच्चस्तरीय भएको पाउनेछन् । यही विश्वासको साथ नक्सालस्थित स्टेट अफ द आर्ट शोरुमबाट ग्राहकहरुले सुजुकीको ग्राण्ड भिस्तारालगायतका प्रिमियम गाडीहरू खरिद गर्न सकिनेछ । शोरुममा टेस्ट राइड, एक्सचेन्ज र फाइनान्सका सुबिधा एउटै छानाबाट उपलब्ध गराइने कम्पनीले जनाएको छ।
नक्साल स्थित स्मार्ट सिरोजेनिक्स शोरूमको उद्घाटन सीजी होल्डिङ्ग्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण कुमार चौधरी र शिरोहिया ग्रुपका अध्यक्ष गोपाल प्रसाद शिरोहियाले संयुक्त रूपमा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् काठमाडौँ महानगरको शैक्षिक मेला
-
मिथिला माध्यमिकी परिक्रमाका यात्रीको स्वागतका लागि सार्वजनिक बिदा
-
पब्लिक यूथ क्याम्पस स्ववियु सभापतिमा शाहीको उम्मेदवारी घोषणा
-
कराते कप अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीलाई सम्मान
-
प्रथम नेपाली नर्स विद्यावती कंसाकारको कथा
-
सङ्खुवासभामा महिलाको शव फेला