परिक्रमा यात्री आज कञ्चनवनमा, भंगहा नगरपालिकामा सार्वजनिक बिदा
सोमबार, १५ फागुन २०७९, १० : ०१
![परिक्रमा यात्री आज कञ्चनवनमा, भंगहा नगरपालिकामा सार्वजनिक बिदा](https://npcdn.ratopati.com/media/news/Parikrama_Cd2xKPIAtM.jpg)
जनकपुरधाम । मिथिलाको प्रसिद्ध १५ दिने मिथिला मध्यामिकी परिक्रमा यात्रीहरु आज एकाबिहानै महोत्तरीको कञ्चनवन आइपुगेका छन् । फागुनको औंशीदेखि पूर्णिमासम्म चल्ने माध्यमिकी परिक्रमामा धनुषा, महोत्तरी र भारत बिहारको सीमावर्ती क्षेत्र अवस्थित धार्मिक ऐतिहासिक र सांस्कृतिक स्थलहरुको ९० किलोमिटर र सीमावर्ती क्षेत्र भारतको ३० किलोमिटर गरी १ सय २० किलोमिटर भू–भाग साधु सन्त लगायत भक्तजनले पैदल यात्रा गर्ने गर्दछन् ।
यसैबिच महोत्तरीको भंगहा नगरपालिकाले प्रत्येक वर्ष सार्वजनिक बिदा दिँदै आएको छ । यस वर्ष पनि नगरपालिकाले परिक्रमा यात्रीलाई स्वागत गर्न सार्वजनिक बिदा दिएको छ । आजै कञ्चनवनमा होली मिलन समारोह आयोजना गरेको मेयर सञ्जिव साहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्छ : राष्ट्रपति पौडेल
-
अमेरिकी प्रभाव विस्तारको औजार यूएसएआईडीको कथा
-
म तिमीविरुद्ध एक्लै भए पनि प्रतिरोधको झण्डा उठाउँछु !
-
नेपालका वामपन्थीलाई भुत्ते बनाउन यूएसएआईडीले लगानी गर्थ्यो
-
‘वाम–लोकतान्त्रिक सहकार्यको प्रस्ताव राष्ट्र हितमा छ’
-
माओवादीबाट तीन जना पदमुक्त, वैकल्पिक केन्द्रीय सदस्य थपियो