बायर्न शीर्ष स्थानमा उक्लियो
सोमबार, १५ फागुन २०७९, ०८ : २३

काठमाडौं । बायर्न म्युनिख जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा बायर्नले युनियन बर्लिनमाथि ३–० गोलको हसज जित निकाल्दै पुनः शीर्ष स्थानमा उक्लिएको हो ।
बायर्नलाई जित दिलाउन एरिक म्याक्सिम मोटीङ, किङस्ले कोम्यान र जमल मुसिआलाले गोल गरेका थिए । मोटिङले खेलको ३१ औं मिनेटमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।
खेलको ४० औं मिनेटमा कोम्यानले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । पहिलो हाफको इन्जुरी समयमा जमलले गोल गर्दै बायर्नलाई ३–० को जित दिलाए । जितसँगै बायर्न २२ खेलबाट ४६ अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पराजित बर्लिन ४३ अंक जोडेर तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगमा चेल्सी विजयी
-
काठमाडौंमा ‘डिजिटल अपराधसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन’ हुने, प्रधानमन्त्री ओलीले उदघाटन गर्ने
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा