अस्ट्रेलियालाई छैटौँ विश्वकप उपाधि
सोमबार, १५ फागुन २०७९, ०७ : ००
![अस्ट्रेलियालाई छैटौँ विश्वकप उपाधि](https://npcdn.ratopati.com/media/news/AUS-T20-WC_T8or899bzQ.jpg)
केपटाउन । दक्षिण अफ्रिकालाई १९ रनले हराउँदै अस्ट्रेलियाले छैटौँपटक महिला टी–२० विश्वकपको उपाधि जितेको छ । अस्ट्रेलियाले प्रस्तुत गरेको १५७ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३७ रन मात्र बनाउन सकेको हो ।
दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई चुनौती दिने प्रयास गरे पनि सुस्त सुरुवातपछि टोलीका ब्याटरहरु अस्ट्रेलियाको स्तरीय बलिङसामु संघर्ष गर्नुपरेको थियो । लाउरा वुल्भाडर्टले ६१ रन तथा क्लेई ट्रायोनले २५ रन बनाएपछि टोलीलाई जीतसम्म डोर्याउन सकेनन् ।
यसअघि प्लेयर अफ द म्याच घोषित बेथ मुनीको ७४ रनको मद्दतले अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५६ रन बनाएको थियो । अस्ट्रेलियाको लगातार तेस्रो विश्वकप उपाधि हो । टोलीले पछिल्ला ७ प्रतियोगितामध्ये ६ वटामा उपाधि जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटालियन सिरी’एमा लाजियोको फराकिलो जित
-
१२ बजे, १२ समाचार : प्रचण्डको सचिवालयबाट बाहिरिए मल्लदेखि बाबुराम नेतृत्वको नेसपा (नयाँ शक्ति)को महाधिवेशन आयोजक समिति भङ्गसम्म
-
माधवनारायणका व्रतालु चाँगुनारायणबाट फर्किए साँखु
-
मकुना हात्ती मृत्युबारे छानबिन समितिले काम थाल्यो
-
क्रसर उद्योगमा मुख्यमन्त्री सिंहको अनुगमन
-
कर्णाली नदीबाट तीन जनाको उद्धार