भद्रपुर गोल्डकप : मच्छिन्द्र फाइनलमा
आइतबार, १४ फागुन २०७९, २२ : ०३
बनियानी । मच्छिन्द्र फुटबल क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डपकको फाइनलमा पुगेको छ । झापाको भद्रपुरस्थित मेची रङ्गशालामा जारी गोल्डकपको अन्तिम सेमिफाइनल खेलमा विभागीय टोली एपीएफलाई १–० को गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र फाइनलमा प्रवेश गरेको हो ।
मच्छिन्द्रका लागि कप्तान सुजल श्रेष्ठले खेलको १७ औँ मिनेटमा गोल गरेका थिए । श्रेष्ठको उक्त गोल नै खेलको निर्णयक गोल बन्यो । आजको खेलको ‘प्लेयर अफ द म्याच’ मच्छिन्द्रका कप्तान सुजल श्रेष्ठ घोषित भएका छन् । उनले नगद २० हजार पुरस्कार पाए ।
उपाधिका लागि मङ्गलबार विभागीय टोली त्रिभुवन आर्मी र मच्छिन्द्र फुटबल क्लब अन्तिम प्रतिस्पर्धा हुनेछ । गोल्डकपको विजेता टोलीले नगद रू १३ लाख र उपविजेताले नगद रू सात लाख पाउने आयोजक समितिका अध्यक्ष दीपेश ढकालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशमा सिकेको सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न मन्त्री भण्डारीको आग्रह
-
घनश्यामको प्रस्तावमा माधवको कैँची, कार्यविभाजनले असन्तुष्टि सामसुम !
-
यस्तो छ ‘द्रौपदी’ लुक्स
-
दुर्गा प्रसाईंको रिट खारेज, ऋण असुली गर्न बैंकलाई सहज
-
मिडल अर्डरमा राम्रो गर्न सकेनौँ : कप्तान आसिफ
-
चियासँग चुरोट पनि पिइरहनु भएको त छैन ?