आइतबार, २८ पुस २०८१
ताजा लोकप्रिय

एशियन हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड

आइतबार, १४ फागुन २०७९, २१ : १४
आइतबार, १४ फागुन २०७९

काठमाडौँ । एशियन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणहरूका लागि सार्वजनिक निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण शेयर (आईपीओ) को बाँडफाँड कार्य सम्पन्न भएको छ । आइतबार कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा सो बाँडफाँड सम्बन्धी कार्यक्रम सम्पन्न भएको थियो । 

सर्वसाधारणहरूका लागि कूल छ लाख सन्तान्नब्बे हजार दुई सय कित्ता शेयरहरू निष्कासन गरिएको सो आईपीओमा चौध लाख पच्चिस हजार सात सय बीस जना योग्य आवेदकहरूबाट एक करोड चौअन्न लाख पैँतालिस हजार आठ सय बीस कित्ता शेयरका लागि आवेदन प्राप्त भएको थियो । यसमध्ये ६९ हजार ७२० जनाले गोलाप्रथा मार्फत १० कित्ता शेयर पाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप