टीभीएसको पहिलो अन्तर्राष्ट्रिय एओजी राइड भारतमा

काठमाडौँ । अपाचे ओनरस् ग्रुप (एओजी)को पहिलो अन्तर्राष्ट्रिय मार्क्यु राइड बिहीबारबाट सुरु भएको छ । काठमाडौँको भृकुटीमण्डप स्थित नेपाल पर्यटन बोर्डको केन्द्रीय कार्यालयमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी र जगदम्बा मोटर्सका प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवाल उपस्थित थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै रेग्मीले भने, “ यो कार्यक्रमले नेपालका विभिन्न पर्यटकीय गन्तव्यलाई भारतमा प्रवर्द्धन गर्ने र भारतीय राइडरहरुलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गर्ने उद्देश्य राखेको छ । पर्यटन प्रवर्द्धनको यो अभिप्रायलाई मध्यनजर गर्दै नेपाल पर्यटन बोर्डले यो कार्यक्रमलाई सहयोग गर्नेछ ।”
२१ दिने लामोमार्क्युराइडमा नेपाल, भारत र बंगलादेशका राइडरहरु सहभागी छन् । पहिलो दिन काठमाडौँबाट रक्सौल हुँदै भारत प्रवेश गरेको यो यात्रा करिब ६,५०० किलोमिटर लामो हुने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम डिएभी अन्तर कलेज फ्रेन्डली फुटसलको उपाधि हिमालय कलेजले जित्यो
-
सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढ्यो
-
युक्रेनबाट जेलेन्स्कीलाई लखेट्न चाहन्छन् मस्क
-
विश्वकपको फाइनलमा अस्ट्रेलियासँग भोगेको नमिठो हारको बदला लिने धुनमा भारत
-
नाइजेरियाका ओलावालेले एनएसएलको तेस्रो संस्करण पनि धनगढी एफसीबाटै खेल्ने
-
भन्सार छलीका अबैध समानसहित ट्रक नियन्त्रणमा