परराष्ट्रमन्त्रीलाई रोकेर पूर्वकानुनमन्त्रीलाई जेनेभा पठाइयो

काठमाडौं । पूर्वकानूनमन्त्री गोविन्द बन्दीसहित तीन जनालाई स्वीट्जरल्याण्ड पठाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्यालको स्वीट्जरल्याण्ड भ्रमण रोकेर उनको ठाउँमा बन्दीलाई पठाएका हुन् ।
संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन आज आइतबार परराष्ट्रमन्त्री पौड्याल जेनेभा जाने तयारीमा थिइन् ।
अन्तिममा आएर प्रधानमन्त्रीले मुख्यसचिव मार्फत उनको भ्रमण रोकेका थिए । परराष्ट्रमन्त्रीको भ्रमण रोकेर उनको ठाउँमा बन्दीसहित ३ जनालाई पठाएका हुन् । जेनेभा जानेमा बन्दीसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयराज सापकोटा, परराष्ट्र मन्त्रालयकी सहसचिव तथा प्रवक्ता सेवा लम्साल रहेका छन् ।
परराष्ट्रमन्त्री पौड्यालले आज पत्रकार सम्मेलन गर्दै भ्रमणको विषयमा जानकारी गराएकी थिइन् । गत साता बसेको मन्त्रिपरिषद् बैठकले समेत पौड्यालको नेतृत्वमा ५ सदस्यीय टोली जेनेभा जाने निर्णय गरेको थियो । तर, सत्ता समीकरण फेरबदल भएसँगै प्रधानमन्त्रीले मुख्यसचिव मार्फत उनको भ्रमण रोकेका हुन् ।
आज दिउँसो मन्त्री पौड्याल त्रिभुवन विमानस्थलमा जान लाग्दा प्रधानमन्त्रीको निर्देशनमा मुख्यसचिवले फोन गरेर नजान भनेका थिए । त्यसपछि उनी रोकिएकी थिइन् ।
उक्त बैठकको सत्र फागुन १५ गतेदेखि चैत १३ गतेसम्म चल्नेछ । नेपाल मानवअधिकार सुरक्षा परिषद्को सदस्य हो ।
मानवअधिकार संस्थाहरूको अन्तर्राष्ट्रिय सञ्जाल (गानरी) ले नेपालको मानवअधिकार आयोगलाई ख श्रेणीमा घटुवा गर्न सिफारिस गरेको थियो । नेपालको मानवअधिकार सन्तोषजनक नभएको र आयोगले राम्रोसँग काम गर्न नदिएको नसकेको भन्दै घटुवा गर्न सिफारिस गरेको थियो । मन्त्री पौड्यालले जेनेभा भ्रमणका क्रममा आयोगलाई क श्रेणीमै कायम राख्न पहल गर्ने बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको दरभाउ : आज कसको मूल्य कति ?
-
प्रिमियर लिगमा वेष्ट ह्याम युनाइटेडको सहज जित
-
बेलायती प्रधानमन्त्रीसँगको भेटपछि ह्वाइटहाउसमा ट्रम्पले जेलेन्स्की र युक्रेनी सेनाको गरे प्रशंसा
-
भूकम्पपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोकमा एक कैदी घाइते, जिल्ला अस्पतालमा उपचार हुँदै
-
भूकम्पपछि सिन्धुपाल्चोकका सिडिओ भन्छन्-हामी तयारी अवस्थामा छौँ
-
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प