मुख्यमन्त्री शाहलाई प्रधानमन्त्रीको ‘ग्रीन सिग्नल’, विश्वासको मत लिने तयारी

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहबीच भेटवार्ता भएको छ । विश्वासको मत तथा सुदूरपश्चिम सरकारबारे प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री शाहबीच बालुवाटारमा आइतबार साँझ भेटवार्ता भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटघाटपछि मुख्यमन्त्री शाहले रातोपाटीसँग भने, ‘सौहार्दपूर्ण वातावरणमा कुराकानी भयो । हिजोको गठबन्धन अगाडि बढाएकोमा मैलै उहाँलाई बधाई पनि दिए । विश्वासको मत लिने कुरामा छलफल भयो । सकारात्मक प्रतिक्रिया पाए । अब शीर्ष नेताहरुबीचको थप छलफलपछि विश्वासको मत लिने मिति पनि तय होला ।’
मुख्यमन्त्री शाह भोलि सोमबार प्रदेश राजधानी धनगढी फर्किँदै छन् । सम्भवतः उनी १६ या १७ गते विश्वासको मत लिने तयारीमा रहेको बताइएको छ ।
विश्वासको मत पाउने वा नपाउने अन्योलबीच रुमलिएका सुदूरपश्चिमका मुख्यमन्त्री अब शाह राहतको अनुभूति गरेका छन् ।
राष्ट्रपति निर्वाचनका लागि दलहरुबीच बनेको नयाँ समीकरणले मुख्यमन्त्री शाहलाई विश्वासको मतको लागि ग्रीन सिग्नल मिलेको हो ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री बनेका नेकपा एमालेका राजेन्द्र सिंह रावलले प्रदेश सभामा एक महिनाभित्र विश्वासको मत लिन नसकेपछि धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री शाह नियुक्त भएका थिए । शाह माघ २६ गते नियुक्त भएका थिए ।
फागुन १२ गते पूर्वको राजनीतिक समीकरणले मुख्यमन्त्री शाहले विश्वासको मत पाउने सम्भावना न्यून थियो । त्यसताका उनलाई आफ्नै दल नेपाली कांग्रेसका १९, एकीकृत समाजवादीका ४ र १ जना स्वतन्त्र प्रदेश सभा गरी जम्मा २४ को मात्रै साथ थियो । जुन कारण उनी डेन्जर जोनमा थिए ।
तर फागुन १२ गते राष्ट्रपति निर्वाचनको लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिलगायत दलबीचको समझदारीपछि उनी ग्रीन जोनमा छन् ।
५३ सदस्यीय प्रदेश सभा रहेको यहाँ बहुमतको सरकारको लागि २७ जना प्रदेश सभा सदस्य चाहिने हुँदा कांग्रेसलाई नागरिक उन्मुक्ति वा माओवादीको साथ चाहिएको थियो । पछिल्लो राजनीतिक समीकरणले उनीलाई बहुमत पुग्ने देखिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुध ढुवानीमा समस्या देखिएको भन्दै संघद्वारा सहज आवागमनको माग
-
शहरी र फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीति कार्यान्वयनमा संघ, प्रदेश र स्थानीय तहले समन्वय गर्ने
-
पृथ्वीसँग ठोक्किने छुद्रग्रहका कुरा
-
को बन्ला मोरङ एमाले अध्यक्ष ? बहुमत पुग्ने दुवै पक्षको दाबी
-
अभिनेत्री सुपुष्पा भन्छिन्– फेरि रेशम फिरिरिमा मेरो भूमिका बोल्ड छ
-
इटलीकी प्रधानमन्त्रीले वामपन्थी नेताहरूलाई भनिन्– ‘पाखण्डी’