पलको सफाइ पाएपछि पूजाले भनिन्, ‘सबै कुरा सुन्दर भएर आयो’
आइतबार, १४ फागुन २०७९, १९ : ५८

काठमाडौँ । नाबालिगमाथि जबरजस्ती करणी गरेको मुद्दामा कलाकार पल शाहले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका छन् । पलको सफाइसँगै सामाजिक संजालमा कलाकारले विभिन्न प्रतिक्रिया व्यक्त गरिरहेका छन् ।
यस्तैमा अभिनेत्री पूजा शर्माले पलले सफाइ पाउँदा खुसी व्यक्त गरेकी छन् । उनले पलको सफाइसँगै सबै कुरा सुन्दर भएर आएको बताएकी हुन् ।
उनले लेखेकी छन्, ‘आज पानी पर्यो । सबै फोहोर पखालियो । मेरो साथी पलले सफाइ पायो । सबै कुरा सुन्दर भएर आयो ।’ उनले अन्त्यमा भगवानलाई धन्यवाद समेत भनेकी छन् ।
पूजा केही अगाडि पलको जन्मदिन पारेर तनहुँ कारागारमा समेत पुगेकी थिइन् । उक्त समय उनले कारागारभित्र पलको जन्मदिन सेलिब्रेसन गर्दै केक समेत काटेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बनेन शिक्षक फर्किने वातावरण, शिक्षा मन्त्रालयले सर्वोच्चलाई पठायो जवाफ
-
गगनविरूद्ध प्रधानमन्त्रीको अभिव्यक्ति र अवहेलना मुद्दा संयोग कि रणनीति ?
-
इरानको बन्दरगाहमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ४६ पुग्यो
-
कानुन नहुँदा मनोरञ्जनात्मक क्षेत्रका महिला श्रमिकलाई समस्या
-
राज्यले शिक्षकहरूमाथि गरेको बर्बरता काँग्रेसले सहन सक्दैन : डा.शेखर कोइराला
-
त्रिभुवन विश्वविद्यालयले ‘अङ्ग्रेजी भाषा शिक्षण र प्रायोगिक भाषा विज्ञान’ सम्मेलन गर्दै