नाबालिगलाई बलात्कार गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । दुईजना नाबालिगलाई बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुरबाट चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
चिनको फुजियन जियामेन घर भई ललितपुर महानगरपालिका–२२ सोह्रखुट्टे बस्ने वर्ष ४९ का याङ लिमिङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर लतिलपुरले जनाएको छ । चिनियाँ नागरिकले पोखरा महानगरपालिका–१० रामबजार घर भएका दुईजना नाबालिगलाई काठमाडौँ बोलाएर ललितपुरको सोह्रखुट्टेमा रहेको भाडाको घरमा बलात्कार गरेको आरोप छ ।
मङ्सिर १० मा जावलाखेल १७ (परिवर्तित नाम) र मङ्सिर ११ मा राति जावलाखेल १८ (परिवर्तित नाम) लाई ललितपुरमा बलात्कार गरेको पीडित पक्षले आरोप लगाएका छन् । त्यस्तै आरोपीले बलात्कार गर्ने उद्देश्यले अर्की एकजना नाबालिगलाई झापाबाट काठमाडौँ बोलाएको थाहा भएको छ ।
३ जना पीडितले उनीबिरुद्ध जबरजस्ती करणी मुद्दाको जाहेरी दिएका छन् । चिनियाँले बलात्कार प्रयास गरेको बालिका झापाको मेचिनगर नगरपालिका–११ की स्थानीय हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको केन्द्रीय महाधिवेशन वैशाख २० र २१ गते नेपालगञ्जमा
-
कैलालीमा प्रहरी प्रमुख विष्टको सरुवा, बाल नरसिंह राणा आउँदै
-
आठ वर्षपछि दिल्लीलाई उसैको मैदानमा हराउने धुनमा कोलकाता
-
रुख काट्ने क्रममा च्यापिएर मृत्यु
-
थन्किएका विद्युतीय सवारी साधन प्रयोगमा ल्याइँदै
-
‘सिँचाइको अभाव हुँदा किसान चैते धानखेती गर्न आकर्षित भएनन् ’