पुस १० को सम्झौता कार्यान्वयन नगरे माओवादी पतन हुन्छ : नेता भट्टराई

जुम्ला । नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी केन्द्रले पुस १० को सम्झौता कार्यान्वयन गर्नुको विकल्प नरहेको बताएका छन् । उनले सम्झौता विपरीत गए माओवादी पतन भएर जाने दाबी गरेका हुन् ।
एमालेले सञ्चालन गरेको 'मिसन ग्रासरुट' अभियानका क्रममा जुम्ला पुगेका सचिव भट्टराईले माओवादीले पुस १० को सहमति कायम राख्ने विश्वासका कारण एमालेले राष्ट्रपति पदमा उम्मेदवारी दिएको बताए । 'समझदारीकै कारण एमाले सरकारबाट नबाहिरिएको हो,' उनले भने,´सम्झौता विपरीत गरे माओवादी पतनको बाटोमा जाने निश्चित छ । यो वामपन्थी एक हुने अवसर भएकाले माओवादीले सहमति कार्यान्वयन गर्नेमा आशावादी छौँ ।’
सचिव भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समेत ठुलो अवसर गुमाएको समेत बताए । राष्ट्रपतिको उम्मेदवारका लागि एमालेको प्रस्ताव अस्वीकार गर्नु उनका लागि घाटा भएको भट्टराईको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा
-
गर्मी छल्न लेकमा सार्न थालियो पशुगोठ
-
जागरण अभियानले जनतामा आशा जागेको छ : प्रचण्ड
-
कोलकाताले दियो २ सय ५ रनको लक्ष्य, अन्त्य होला दिल्लीमा जितको ८ वर्षको पर्खाइ ?