एकीकृत समाजवादीले प्रवासमा मिसन १०० दिन कार्यक्रम गर्ने
आइतबार, १४ फागुन २०७९, १७ : १०
युरोप । नेकपा एकीकृत समाजवादीको प्रवासको सङ्गठन प्रवासी नेपाली एकता मञ्चले मिसन १०० दिन कार्यक्रम सञ्चालन गर्ने भएको छ।
पार्टीको सङ्गठन सुदृढीकरण अभियान अन्तर्गत प्रवासमा रहेका सङ्गठनलाई थप मजबुत गर्न सङ्गठनात्मक काम, सदस्यता बिस्तार, प्रत्येक देशका कमिटीहरूको अद्यावधिक लगायतका काम अभियानका क्रममा गरिने स्थायी कमिटी सदस्य तथा प्रवास संयोजक श्रीप्रसाद शाहले बताए।
प्रवासी नेपाली एकता मञ्च युरोपको भर्चुअल बैठकलाई आज सम्बोधन गर्दै उनले पार्टीको प्रवासमा १०० दिने अभियान युरोपबाट सुरु हुने बताए।
युरोप कमिटीका संयोजक उमेशराज मोक्तानको अध्यक्षतामा भएको बैठकलाई मञ्चका युरोप इन्चार्ज सुवास पोखरेल लगायतले सम्बोधन गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओलीको प्रस्टोक्ति : चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन
-
गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा दलका भन्दा स्वतन्त्र उम्मेदवार धेरै, कसको चुनाव चिह्न के ?
-
प्रधानमन्त्रीलाई लोहनीको सुझाव : बीआरआई लिन्न भनेर निर्णय नगर्नुस्
-
पेप्सीको बिक्रीमा कर छल्ने वरुण वेभरेजलाई जरिवाना र बिगो, अमित गुप्तालाई एक वर्ष कैद
-
स्थानीय तह उपनिर्वाचन : ग्रामथानमा दलका नेताहरूको लस्कर
-
चीन भ्रमण स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्दै