बागमती प्रदेशसभाको बैठक ५ बजेलाई सर्यो
आइतबार, १४ फागुन २०७९, १५ : ३६

काठमाडौँ । आइतबार १ बजेका लागि बोलाइएको बागमती प्रदेशसभाको बैठक साढे ५ बजे बस्नेगरी सरेको छ । आइतबारको बैठकमा कर्मचारी सम्बन्धि दुई विधेयक पेश गर्ने कार्यतालिका रहेको थियो । तर ती विधेयकमा संशोधन प्रस्ताव बढि परेपछि सहमति जुटाउन सकस परेको छ ।
प्रदेशसभा बैठकअघि विधेयकबारे समितिमा सहमति जुटाउन बसेको विधेयक व्यवस्थापन विषेश समितिको बैठक बिहान ८ बजेदेखि अहिलेसम्म बसिरहेको छ । उक्त समितिका सभापति दिनेशचन्द्र देवकोटा रहेका छन् ।
सो समितिमै संशोधन प्रस्तावमाथि सहमति नजुट्दा प्रदेश संसद सचिवालयले १ बजेका लागि बोलाएको बैठक सरेको सुचना जारी गर्दै आइतबार बेलुका साढे ५ बजे बस्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ
-
सामाजिक सद्भाव बिथोल्ने सामग्री सम्प्रेषण नगर्न अनुरोध
-
१० बजे १० समाचार : मधेसमा कमिसनको चक्कर, भाटभटेनी लुटपाट गर्नेहरू छुट्दै