सत्ताको खेलले मुलुक अस्थिरता तर्फ : कमल थापा
आइतबार, १४ फागुन २०७९, १५ : १९

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्ता केन्द्रित फोहरी खेलका कारण मुलुक अस्थिरतातर्फ गएको बताएका छन् । "चुनावअघि एउटा गठबन्धन, चुनावपछि अर्को गठबन्धन, दुई महिनाको बिचमै फेरि अर्को गठबन्धन ,यस्तो राजनीतिले मुलुकलाई कता लैजान्छ?" उनले प्रश्न गरेका छन् ।
थापाले जनतामा वितृष्णा मात्र नभई दल र नेताहरू प्रति घृणा उत्पन्न भएको समेत जिकिर गरे । काठमाडौँमा आज पार्टी सम्बद्ध भातृ सङ्गठनहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै थापाले विकल्पका रूपमा देखिएका राजनीतिक दलहरू शक्ति र पैसा केन्द्रित हुँदा जनता बिरक्तिएको जिकिर गरे ।
कार्यक्रममा पार्टीका महामन्त्री द्वय राजाराम बर्तौला र केशवराज श्रेष्ठले जनबर्गीय सङ्गठनको क्रियाशीलता र भावी कार्यक्रम बारे बोलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक आइतबारसम्म स्थगित
-
‘बासको पुल तर्न २० रुपैयाँ तिर्नुपर्छ, त्यही हो तपाईंहरुले भनेको स्वीजरल्याण्ड ?’
-
ठेकेदारले समयमा काम गर्न नसकेपछि तोडियो फिर्के खोला पुल निर्माणको ठेक्का
-
देउवाको अनभिज्ञता, गठबन्धनभित्रै बढ्यो आशङ्का !
-
बारपाकवासी भन्छन्, ‘भूकम्पपछि गाउँको मौलिक चिनारी बचाउन सकिएन’
-
तामझामका साथ गठन भएको मोर्चा निष्क्रिय