टर्की भूकम्प : भवन भत्किएपछि ६०० भन्दा बढी ठेकेदार र मालिकको खोजी, थुप्रै पक्राउ

टर्की सरकारले फेब्रुअरी ६ मा आएको भूकम्पमा भत्किएका भवनहरूका लागि अहिले ६०० भन्दा बढी व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ। न्याय मन्त्री बेकिर बोजडागले शनिबार भवन निर्माण ठेकेदार र मालिकहरू सहित १८४ संदिग्धहरूलाई पहिले नै पक्राउ गरिएको जानकारी दिए ।
वर्षौँदेखि विशेषज्ञले भ्रष्टाचार र सरकारी नितिका कारण थुप्रै नयाँ भवन असुरक्षित भएको चेतावनी दिँदै आएका थिए तर यसमाथि ध्यान दिइएन । टर्की र सिरियामा गएको ७.८ म्याग्निच्युडको भूकम्पमा मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ ।
दुई हप्ता अघि, अधिकारीहरूले भने कि उनीहरूले त्यस्ता व्यक्तिहरू विरुद्ध ११३ गिरफ्तारी वारेन्ट जारी गरेका छन् । टर्कीका मिडियाका अनुसार पक्राउ पर्नेमा एक सहरका मेयर पनि छन् ।
यो त्यो शहर हो जुन सबैभन्दा बढी भूकम्प प्रभावित इलाकाको नजिक छ । भूकम्पपछि टर्कीमा १६ हजारभन्दा बढी भवन भत्किएका छन् ।
यस्तै, विपक्षी पार्टी र निर्माण विज्ञले राष्ट्रपति रेचेप तैय्यप सरकारले नियम खुकुलो पारेको आरोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध