सन्दीपले खेल्न पाउनुपर्छ तर अदालतको निर्णय पनि मान्नैपर्छ : क्यान अध्यक्ष चन्द

सुर्खेत। नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले बलात्कार आरोपित पूर्व कप्तान सन्दीप लामिछानेले खेल्न पाउनुपर्ने बताएका छन् । क्यानको आजदेखि सुरु वार्षिक साधारणसभामा बोल्दै उनले यसबारे सम्मानित अदालतले गरेको निर्णय आफूहरूले मान्ने बताएका छन् । सन्दीपको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।
अध्यक्ष चन्दले गत पुसमा आयोजित टी–२० लिगमा म्याच फिक्सिङका दोषीलाई कारबाही गर्ने सम्बन्धमा क्यानमा कुनै विवाद नरहेको बताएका छन् । ‘म्याच फिक्सिङका सम्बन्धमा आइसिसीको नियम अनुसार नेपाल प्रहरीले पक्राउ गरेर छानबिन गरी कारबाही प्रक्रिया अघि बढाएको छ । यसबारे आईसीसीले चासो दिएको छ । हामीले कारबाही पनि गरेका छौँ,’ उनले भने, ’क्यानले अब त्यस्ता गतिविधि हुन दिँदैन।’
अहिले बन्दसत्र जारी छ ।साधारणसभाले आगामी वर्षको वार्षिक बजेट विनियोजन, कार्यक्रम पारित गर्नुका साथै नीतिगत समीक्षा गर्नेछ । साधारणसभाको उद्घाटन मुख्यमन्त्री राजकुमार शर्माले गरेका थिए । साधारणसभामा ८० भन्दा बढी प्रतिनिधिको सहभागिता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेशनल प्याब्सनको आठौँ महाधिवेशनबारे तीन पूर्वअध्यक्षको आह्वान
-
बिनाधितोको ऋणमा विश्वासघातः नबिल बैंकद्वारा ऋण नतिर्ने ७४ जनाको नाम सार्वजनिक (सूचीसहित)
-
महाशिवरात्रिमा पाँच फिल्म : कुनै घोषणा, कुनै फ्लोरमा
-
‘बाहिनीपति कप–२०८१’ को उपाधि इलामलाई
-
नेपालमै पढ्न चाहने केआईआईटीमा अध्ययनरत विद्यार्थीलाई आवेदन दिन आह्वान
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : तस्बिरमा हेर्नुहोस् पुरस्कार वितरण कार्यक्रम