परराष्ट्रमन्त्री पौडेल जेनेभा जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री डा.विमला राई पौड्याल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको बैठकमा भाग लिन आजै जेनेभा प्रस्थान गर्ने भएकी छन् । परराष्ट्र मन्त्रालयले आइतबार सिंहदरवारमा पत्रकार सम्मेलन गरी मन्त्री पौड्याल त्यसतर्फ प्रस्थान गर्ने जानकारी गराएको हो । बैठकमा नेपालले मानव अधिकारको क्षेत्रमा हासिल गरेको उपलब्धिहरुको बारेमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्री पौड्यालले बताइन् । नेपाल सो परिषदको सदस्य राष्ट्र हो ।
सदस्य राष्ट्रको हैसियतले यस क्षेत्रमा आफूले गरेको प्रगतिबारे अन्तर्राष्ट्रिय समूदायलाई जानकारी गराउन र बहुपक्षीय तथा द्धिपक्षीय छलफलको माध्यम अन्य मुलुकसँगको सम्बन्धलाई अझै बलियो बनाउने अवसरमा रुपमा पनि सो बैठकलाई उपयोग गरिने मन्त्री पौड्यालले बताइन् ।
उनले भनिन्, ‘हाम्रो उपस्थिति अत्यन्तै महत्वपूर्ण हुनेछ । हामीले यस क्षेत्रमा राम्रो काम पनि गरेका छौं । हामीले राम्रो तयारी गरेका छौं । विशेष गरेर मानवअधिकारको क्षेत्रमा नेपाललाई राम्रै मानिन्छ । मानवअधिकारको क्षेत्रमा राम्रो प्रगति गरेको देशभित्रै पर्छौै हामी । त्यो कामलाई हामीले विश्व सामू चिनाउनुपर्ने हुन्छ । देखाउनुपर्छ । त्यसका निम्ति पनि हाम्रो उपस्थिति जरुरी छ । र, हामी त्यहाँ गएर राम्रो अभ्यास पनि दर्शाउँछौं । द्धिपक्षीय र बहुपक्षीय सम्बन्ध विस्तारको विषयमा पनि छलफल हुन्छ ।’
मन्त्री पौड्याल सोही बैठकमा भाग लिएर कतारको दोहामा हुने अतिकम विकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुनुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न आज बोर्ड बैठक बस्ने
-
वडा सदस्य महतोको लोभलाग्दो मेवाखेती
-
समस्याग्रस्त सहकारीको व्यवस्थापन गर्न बनेको समिति नै समस्यामा
-
अमेरिकामा पनि भव्यताका साथ मनाइयो बिस्का जात्रा (तस्बिरहरू)
-
लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र
-
गण्डकीका योजनामा व्यक्तिस्वार्थ चर्को, छुट्याउन सरकारलाई सकस