शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

माथिल्लो बलेफी आयोजनाले बैंकको ऋण चुक्ता गर्ने लक्ष्यसहित हकप्रद ल्याउने

आइतबार, १४ फागुन २०७९, ११ : ०२
आइतबार, १४ फागुन २०७९

काठमाडौँ । माथिल्लो बलेफी–ए जलविद्युत आयोजनाले बैंकको ऋण चुक्ता गर्न हकप्रद जारी गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिले गरेको निर्णयअनुसार जारी हुने हकप्रद सेयरले बैंकको कर्जा चुक्ता गर्ने छ ।

कम्पनीले नेपाल स्टक एक्चसेञ्जलाई दिएको जानकारीअनुसार १ः०.५ अनुपातमा हकप्रद जारी हुनेछ । आयोजनाले सिन्धुपाल्चोकमा ३६ मेगावाट क्षमताको ‘रन अफ दि रिभर’मा आधारित जलविद्युत उत्पादन गर्दै आइरहेको छ ।
कम्पनीको सञ्चालक समितिले गरेको प्रस्ताव आगामी वार्षिक साधारण सभाले पारित गरेपछि हकप्रद जारी हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप