रियललाई १० खेलाडीमा सीमित एट्लेटिकोको धक्का
आइतबार, १४ फागुन २०७९, ०९ : ५९

मड्रिड । आफ्नै घरेलु मैदानमा १० खेलाडीमा सीमित एट्लेटिको मड्रिडसँग बराबरीमा रोकिएपछि साबिक विजेता रियल मड्रिडको उपाधि होडमा धक्का लागेको छ ।
एन्टोनियो रुडिगरलाई कुहिनाले हिकाएको भन्दै एन्जेल कोरेयाले रातो कार्ड पाएका थिए । तर, लगत्तै होजे गिमिनेजले बर्नेबाउमा एट्लटिकोलाई अप्रत्याशित अग्रता दिलाएका थिए ।
खेलको ८५ औँ मिनेटमा युवा खेलाडी अल्भारो रोड्रिग्वेजले क्लबका लागि पहिलो गोल गर्दै खेल बराबरी गरे । मड्रिड डर्बीमा गोल गर्ने रोड्रिग्वेज यो शताब्दीकै सबैभन्दा कम उमेरका खेलाडी हुन् ।
बराबरीपछि रियल बार्सिलोनाभन्दा ७ अंकले पछि परेको छ । २२ खेल खेलेको बार्साको ५९ अंक रहेको छ भने २३ खेलपछि रियलको ५२ अंक छ । एट्लेटिको ४२ अंकसहित लिगको चौथो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुद्रतालको संरक्षणमा जुट्यो ढोरपाटन
-
पशुपतिनाथमा किन गरिन्छ चार प्रहरको विशेष पूजा ?
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म