क्यानको साधारण सभा आजबाट सुर्खेतमा सुरु
आइतबार, १४ फागुन २०७९, ०९ : ४८

काठमाडौँ । नेपाल क्रिकेट संघ(क्यान) को वार्षिक साधारण सभा सुर्खेतको वीरेन्द्रनगरमा आजबाट सुरु हुँदैछ । पोखरामा गत माघमा बसेको क्यानको बोर्ड बैठकले साधारण सभा सुर्खेतमा फागुन १४ र १५ गते गर्ने निर्णय गरेको थियो ।
क्यानको साधारणसभामा सेभेनथ्री स्पोर्ट्ससँगको सम्झौता रद्द गर्ने लगायतका विभिन्न आठ एजेन्डामा छलफल हुनेछ । साधारणसभामा ४५ जिल्लाका प्रतिनिधि, २१ प्रदेश प्रतिनिधि, १७ केन्द्रीय सदस्य, ३ पर्यवेक्षक, अम्पायर र प्रशिक्षक गरी ८७ जना सहभागी हुने क्यानले जनाएको छ ।
साधारणसभाको उद्घाटन कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले गर्ने छन् । क्यानले आफ्नो साधारण सभा काठमाडौँ बाहिर गर्ने गरेको थियो । त्यसैअनुसार यो पटक कर्णालीमा गर्ने भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैशाखमा ८ अस्पतालमा १५ सेवा थप गरिने
-
आन्तरिक उडानका लागि प्रदेश सरकार लागिरहेको छ
-
‘चिलगाडी’ चढ्न नपाएरै मरिन्छ कि क्या हो !
-
मिस नेपाल क्यानडाको उपाधि अनु सुबेदीलाई, मिसेस नेपाल क्यानडा बनिन् मेग्ना बस्नेत
-
तीन वटा संसदीय समितिको बैठक बस्दै
-
सुनौलो इतिहास बोकेको कोलकाता र लयमा देखिएको गुजरातबिच सिजनको पहिलो भिडन्त