बिक्री भएनन् स्याउका बिरुवा
जुम्ला । जुम्लाको सिंजा गाउँपालिका–६ काडागाँउका ३२ वर्षीय घननश्याम बुढा स्याउका अगुवा किसान हुन् । २०७७ सालदेखि स्याउका बेर्ना उत्पादन गर्न थालेका उनले बिरुवा बेचेरै वर्षमा २ देखि ३ लाख रुपैयाँसम्म कमाए ।
तर यो वर्ष पनि बिरुवा बिक्री नभएपछि उनले झन्डै ३ हजार बिरुवा उखेलेर फालेका छन्। अर्का किसान जयलाल रावतले झन्डै ३ हजार बिरुवा उत्पादन गरे पनि अहिलेसम्म पनि बिक्री भएको छैन । घनश्याम बुढाको बारीमा करिब ३ हजार ५ सय स्याउका बिरुवा उत्पादन भएका छन् ।
जसमध्ये ५ सय मात्रै जसाेतसाे बिक्री गरे। 'स्थानीय बजार तथा गाउँमै गत वर्षसम्म ४५ रुपैयाँ प्रतिगोटा स्याउका बिरुवा बिक्री भएका थिए । तर यस वर्ष ४० रुपैयाँमा बिक्री गर्छु भन्दा पनि कोही ग्राहक आएनन्',उनले भने,'अब त उखेलेर फाल्नुको विकल्प नै भएन ।'
कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लाभरि १ सय १० वटा स्याउका नर्सरी दर्ता भएका छन् । केही किसानले दर्ता नगरेरै पनि स्याउका बिरुवा उत्पादन गरिरहेका छन् । तर अधिकांश किसानको बिरुवा नबिकेपछि बारीमै थन्काउनुपर्ने बाध्यता छ । बढ्दो प्रविधिको प्रयोगले पनि स्याउका बिरुवा थन्किने गरेको बताए।
जुम्लाको ३ हजार ४ सय ५० हेक्टरमा स्याउ खेती भइरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जसमध्ये ९ सय हेक्टरमा लगाएको स्याउले उत्पादन दिने गरेको कार्यालयका प्रमुख गणेश अधिकारीले बताए । उनका अनुसार तत्कालीन जिल्ला विकास समितिको १५ औं परिषद्ले जुम्लालाई प्रांगारिक जिल्ला घोषणा गरेपछि ०६६ सालयता अभियानकै रूपमा स्याउ लगाउने गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीभित्र सद्भाव, एकता र मेलमिलाप आवश्यक : बलायर
-
१० बजे, १० समाचार : थप ४ दिन रवि हिरासतमा, बन्दी प्रत्यक्षीकरण निवेदन लिएर दुर्गा अदालतमा
-
सुदूरपश्चिम प्रदेश राजधानी निर्माणको विषय अझै कार्यान्वयन भएन
-
नेपाली पर्यटन व्यवसायीलाई चिनियाँ भाषाको प्रशिक्षण
-
विचार संश्लेषणको लागि ६ महिनाभित्र विशेष महाधिवेशन गर्ने नेकपाको निर्णय
-
रविलाई न्यायाधीशले मुस्कुराएर भने– तपाईंको अनुभव पछि काम लाग्छ