नाइजेरियाको सबैभन्दा कठिन राष्ट्रपतीय चुनावको मतगणना सुरु, नतिजा आउन केही दिन लाग्ने

नाइजेरियामा सन् १९९९ मा सैन्य शासनको अन्त्यपछिको सबैभन्दा कठिन राष्ट्रपतीय निर्वाचनमा मतगणना भइरहेको छ ।
यो निर्वाचनमा मतदानको प्रतिशत निकै राम्रो छ । शनिबार पनि मतपेटिका लुट्ने र मतदान केन्द्रमा हतियारधारीले आक्रमण गरेको छिटपुट खबर आएको छ ।
केही दलले अनियमितता भएको आरोपमा चिन्ता व्यक्त गरेका छन् ।
अफ्रिकामा ८ करोड ७० मतदाता छन् । २४ वर्षअघि प्रजातन्त्रको पुनर्स्थापना भएदेखि अहिलेसम्म नाइजेरियाको राजनीतिमा दुईवटा पार्टीको वर्चस्व रहेको छ। यसमा सत्तारुढ अखिल प्रगतिशील कांग्रेस (एपीसी) र पीडीपी सामेल छन् ।
तर यस पटक राष्ट्रपति मुहम्मदु बुहारीको उत्तराधिकारीको दौडमा लेबर पार्टीका पिटर ओबीको कडा चुनौती छ। उनलाई मन पराउने युवाहरुको संख्या उल्लेख्य छ ।
हजारौं मतदान केन्द्रहरूमा मतगणना भइरहेको छ जुन अन्ततः राजधानी अबुजाको चुनाव मुख्यालयमा पठाइनेछ।
सन् १९६० मा बेलायतबाट स्वतन्त्र भएदेखि नै नाइजेरियाले धेरै विद्रोह र धाँधली भएको चुनाव देखेको छ। यी चुनावमा खतरनाक क्षेत्रीय र राजनीतिक मतभेद सतहमा आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?