लेस्टरलाई हराउँदा आर्सनलको पाँच अंकको अग्रता
शनिबार, १३ फागुन २०७९, २३ : ०५
![लेस्टरलाई हराउँदा आर्सनलको पाँच अंकको अग्रता](https://npcdn.ratopati.com/media/news/sss_m789sKNKYa.png)
एजेन्सी । प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले अर्सनलमाथि जित निकालेको छ । शनिबार राति भएको खेलमा अर्सनलले लेस्टरलाई १–० गोल अन्तरले हराएको हो । लेस्टरको घरेलु मैदानमा आसएनललाई जित दिलाउन ग्राबियल मार्टिनेलीले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरी खेलको आर्सनलका लागि खेलको ४६औं मिनेटमा मार्टिनेलीले गोल गर्दै टिमलाई १–० गोलको जित दिलाए । जितसँगै आर्सनलले २४ खेलबाट ५७ अंक जोडेको छ । आर्सनल तालिकाको शीर्ष स्थानमा कायम नै छ ।
दोस्रो स्थानको सिटीको २४ खेलबाट ५२ अंक छ । पराजित लेस्टर २४ अंक जोडेर तालिकाको १४ औं स्थानमा छ । प्रिमियर लिग अन्तर्गत आजनै भएको अर्को खेलमा वेस्टहमले नथिनहम फरेस्टलाई ४–० गोलले हराएको छ ।
त्यस्तै एस्टन भिल्लाले एभर्टनमाथि २–० गोलको जित निकाल्दा लिड्स युनाइटेडले साउथह्याप्टनमाथि १–० गोलको जित निकालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय ऊर्जामन्त्रीको नेपाल भ्रमणपछि मात्रै प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्ने
-
सिन्धुलीमा फागुन ५ गतेदेखि प्रथम खेलकुद महोत्सव हुने
-
‘भत्ता खानकै लागि संसद्मा किन जाने ?’
-
तीन प्रकारका प्रेम : उत्तम, मध्यम र नीचतम
-
उत्कृष्ट सुरुवातका लागि चर्चित यी प्रभावशाली ब्याट्सम्यान
-
द क्लिफमा विश्वकै लामो र अग्लो मेगाट्रोल सञ्चालनमा