सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

बजाजका सक्कली स्पेयर पाट्र्स कसरी चिन्ने ?

शनिबार, १३ फागुन २०७९, २२ : ३६
शनिबार, १३ फागुन २०७९

काठमाडौँ ।  हंसराज हुलास चन्द एण्ड कम्पनीले सक्कली स्पेयर पाट्र्सबारे सचेतना फैलाउन थालेको छ । कम्पनीले बजाजका सक्कली स्पेयर पाट्र्सहरुको विक्री वितरण गर्दै आएको सन्दर्भमा बजारमा कतिपय नक्कली स्पेयरपाट्र्स समेत देखिन थालेसँगै  उपभोक्ताहरुलाई सही जानकारी गराउन थालेको हो । 

 नक्कली स्पेयर पाट्र्सहरु बेचेर नठगुन भन्ने उद्धेश्यका साथ जनचेतनामूलक क्याम्पेन लिएर आएको कम्पनीले जनाएको छ ।  जसअनुसार ‘सुनेर हैन हेरेर मात्र पत्याउँ’ नामक  क्याम्पेनमार्फत कम्पनीले उपभोक्ताहरुलाई आफ्ना आधिकारिक वर्कशपहरुमा पाईने गुलाबी स्टीकर टाँसिएका स्पेयर्स पार्टसमात्रै  सक्कली भएको जानकारी  गराएको छ ।

‘कसैले केवल भनेकै आधारमा स्पेयर पाट्र्सहरु चयन गर्दा त्यो नक्कली पनि पर्नसक्छ तर आफैले गुलाबी रंगको स्टीकर हेरेर स्पेयर पाट्र्स किनेमा आफू निश्चिन्त हुन सकिन्छ भन्ने सन्देश यहाँ दिन लागिएको छ’, कम्पनीले भनेको छ । 

यसो हुँदा उपभोक्ताहरु झुक्किनु नपर्ने कमपनीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप