युवा संघ नेपाल बारा जिल्ला संयोजकमा भट्टराई
बारा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकटको युवा संघ नेपाल जिल्ला कमिटीले बाराले आरके भट्टराईको संयोजकत्वमा ५१ सदस्यीय जिल्ला कमिटी घोषणा भएको छ । कमिटीको उपाध्यक्षमा हरिओम साह, सचिवमा पुरुषोत्तम लामा, सहसचिवमा पुनित राम र कोषाध्यक्षमा सोममाया तामाङ रहेका छन् ।
सदस्यहरुमा कुशवर पासवान, रुपकराज पाख्रिन, रोशन सुवेदी, राजु क्षेत्री, कुशवर साह, संजयकुमार यादव, अजितकुमार गिरी, बाबुराम यादव, वीरेन्द्र चौधरी, भीम लामा, निजर भुजेल, गजेन्द्र शिवम राउत, अजयकुमार यादव, जटाशंकर शाह, प्रमोदप्रसाद यादव, रहेका छन् ।
यसैगरी रामप्रसाद यादव, संगितादेवी यादव, श्रीराम चौरसिया, भुलावनप्रसाद चौधरी, सागर पटेल, शिवचन्द्र प्रसाद, छठु महतो केवट, सुभाष यादव, सागर प्रजापति, नुरुल अंसारी, राजु कुशवाहा, रवि कुशवाहा, दिपलाल, अजयकुमार गुप्ता, अजय शर्मा, राम यादव, रुपेश चौधरी, जयकिशन यादव लगायतका रहेका छन् ।
यसैगरी भेलाले बाराको चारवटै निर्वाचन क्षेत्रमा रहेका विभिन्न पालिका समिति गठनका लागि केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी तोकेको छ । केन्दीय सदस्य अनिल भण्डारीलाई बारा क्षेत्र नं १, मनोज गुप्तालाई बारा २, जिल्ला अध्यक्ष भट्टराईलाई बारा ३ र गणेश रिजाललाई बारा ४ का लागि सहजीकरणका लागि जिम्मेवारी तोकिएको हो ।
युवा संघका उपाध्यक्ष एवं मधेस प्रदेश कमिटीका इन्चार्ज निरञ्जन झाको प्रमुख आतिथ्यमा सम्पन्न सो भेलाले चैत २५ गते कलैयामा संघको प्रथम जिल्ला अधिवेशन गर्ने निर्णय समेत गरेको छ । जिल्ला अधिवेशन गर्नुभन्दा अघि पालिका तथा वडाहरुको कमिटी गठन गर्ने निर्णय भेलाले गरेको छ ।
भेलामा एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य दिनेश राई, केन्द्रीय सदस्यहरु श्रीप्रसाद पासवान, विभा कार्की, जिल्ला अध्यक्ष विजेन्द्र चौधरी, पार्टी सचिवालय सदस्य एवं युवा इन्चार्ज ध्रुव यादव, संघका स्थायी कमिटी सदस्य एवं पार्टी सचिवालय सदस्य सुभाष साह, प्रदेश सचिव गणेश रिजाल, मधेस प्रदेशका सांसद लक्ष्मी ठाकुर, अनेमसंघ समाजवादीका केन्द्रीय सदस्य मालति कुशवाहा, सहित पार्टीका नेता, युवा संघका नेता सहित जिल्ला भरीका युवाहरुको बिशेष सहभागिता रहेको थियो ।
यसैगरी पार्टी निकटको अखिल नेपाल महिला संघ (समाजवादी) को आजै कलैयामा बैठक बसेको थियो । जिल्ला अध्यक्ष गौरी ढकालको अध्यक्षतामा बसेको बैठकले १९ फागुनमा कलैयामा अनेमसंघ समाजवादीको जिल्ला भेला, अन्तर्राष्ट्रिय महिला दिवस तथा होलीको अवसरमा शुभकामना कार्यक्रम गर्ने निर्णय भएको अध्यक्ष ढकालले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली