मरिसकेको भूतले संघीयता मासेर खाँदैन : सरल सहयात्री

हेटौंडा । बागमती प्रदेशसभा सदस्य सरल सहयात्रीले मरिसकेको राजतन्त्रको भूतले वर्तमान संघीयतालाई मासेर खान नसक्ने बताएका छन् । प्रदेशसभाको शनिबार साँझ बसेको बैठकको विशेष समयमा बोल्दै सांसद सहयात्रीले बाल्यकालको कथा सुनाउँदै कसेले भन्दैमा नागरिकको बलिदानबाट प्राप्त संघीयता नढल्ने बताए ।
उनले २४० वर्षे पुरानो राजतन्त्र र त्यसले निम्त्याएको परिस्थितिको पनि अनुभव गरेको भन्दै २००७ सालको क्रान्ति त्यसैको उपज भएको बताए । सोही क्रान्तिले प्रजातन्त्र ल्याएको उनको भनाई छ । २०१७, २०४६ साललाई भोग्दै २०५२ को सशस्त्र जनयुद्ध त्यही आधारमा टेकेर बनेको उनले बताए । उनका अनुसार ७ वर्षको संघीयतामाथि अहिले नै प्रश्न उठाउन जायज नहुने उनले बताए । संसदमा यस विषमा गम्भीर छलफल गर्न जरुरी रहेको उनको भनाई छ ।
संघीयतालाई बलियो बनाएर काठमाडौं र जुगल गाउँपालिकाको पेम्बाथानको शिक्षालाई समानता ल्याउनुपर्ने उनले बताए । काठमाडौंका विद्यालयमा धनाढ्य पढ्ने र पेम्बाथानका विद्यालयमा गरिब जनताका छोराछोरी अध्ययन गर्ने भएकाले शिक्षामा नै असमानता रहेको उनले बताए । उनका अनुसार शिक्षामा समानता दिनु राज्यको अहिलेको दायित्व हो ।
‘राज्यले किसानका उत्पादनलाई सडकमा फाल्ने परिस्थितीलाई बन्द गरेर खरिद गर्ने वातावरण गर्नुपर्छ । युवाहरुलाई सामान्य रोजगारीको दिएर वा मसिना काम गरेर त्यसलाई फर्मेशनमा हाले ग्यारेन्टी यो संघीयताले दिन सक्नुपर्छ ।’ उनले भने, ‘गाउँगाउँमा संघीयता बोकेर जान जररुरी छ । संघीयतालाई बयस्क र बुद्धिमान बनाएर लोकतन्त्रलाई लियो बनाउन जरुरी रहको छ ।’
वर्तमान अवस्थामा दशेमा राजनीतिक अस्थितरता खडा गर्ने काम भइरहेको उनले बताए । ‘लोकतन्त्र भनेको समावेशीता हो । राष्ट्रपतीय संस्था स्वतन्त्र संस्था हो । कार्यपालिका न्यायपालिका व्यवस्थापिका भनेको लोकतन्त्रको कम्बिनेशन गर्ने थलो हो । अहिले देशमा सबै दलहरु एक ठाउँमा उभिने वतावरण बन्नु स्वागतयोग्य रहेको छ । २० वर्षको लागि समृद्धिको खाका कोर्न एकपटक सबै दलहरु एकै ठाउँमा उभिएर अघि बढौं ।’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामेछाप लिखु तामाकोसी गाउँपालिकामा गाडी दुर्घटना, ८ जना घाइते
-
इराकमा मृत्यु भएकी नेपाली महिलाको शव स्वदेश ल्याउन पहल गर्न माग
-
पप सम्राट ओमविक्रम विष्ट अस्पताल भर्ना
-
स्ववियु निर्वाचन : आफ्नै प्रतिबद्धता बिर्सिएका विद्यार्थी संगठन, हार्ने कलेजमा तालाबन्दी
-
सुदूरपश्चिम प्रदेश, आर्मी क्लब र मधेस प्रदेशलाई जितका लागि सामान्य लक्ष्य
-
नागरिक लगानी कोषको रकम नागरिककै हितका लागि उपयोग गर्नुपर्छ : अर्थसचिव उपाध्याय